विना उद्देश्य फूल फुलीरहेछ, वासना छरिरहेछ
नदी बहिरहेछ, सूर्य उदाइरहेछ, हावा चलिरहेछ
जीवन बगीरहेछ,
तर हामी जीवनको अर्थ खोजीरहेछौं ।
घर, गाडी वा बैङ्क व्यालेन्समा
हामी अर्थ खोजी रहेछौं पद प्रतिष्ठा, मान वा संमानमा
तर एक दिन सबै छाडेर जाँदा, यी सबै भार पो हुने हो कि?
केवल काम लाग्ने त प्रेम, सदभावना र विश्वास रहेछ।
तिर्खाएकालाई पानी, र
भोकाएकालाई पेटभरि खाना
आफूले सकेको सहयोग र त्यो भएपनि नभएपनि प्रार्थना,
‘वसुधैव कुटुम्बकम्’ को भावना अनुरुप सबैप्रति करुणा भाव,
स्नेह र सद्भावना
हत्या, हिंसा, घृणा र आक्रोशले भरिएको यो विश्वमा
शायद व्यक्ति, व्यक्ति प्रतिको प्रेम नै जीवनको अर्थ हो,
शायद अँगालो मारेर, हातमा हात समातेर, खुसी साटासाट गर्नु नै जीवनको अर्थ हो।
२९ जुलाई, २०१६
ओल्ड बेली, लण्डन
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने