
लन्डन । प्रवासी नेपाली मञ्च बेलायत अन्तर्गत रेडिङ इलाका कमिटीले नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा अखिल नेपाल किसान महासंघका सह अध्यक्ष्य केशव लाल श्रेष्ठसंग देशको समसामयिक, आर्थिक तथा राजनीतिक विषयमा एक अन्तरक्रिया कार्यक्रम गरेको छ । गत सेप्टेम्बर २१ मा रेडिङमा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले देश संक्रमणकालमा रहेको र अत्यन्तै संगीन अवस्थाबाट गुज्रिरहेको बताउंदै जनताको आर्थिक अवस्था दिन प्रतिदिन जर्जर र परनिर्भर हुदै गएको धारणा राखे । देशका मुख्य पार्टीहरु देशको सार्वभौमिकता र राष्ट्रियतालाइ केन्द्रमा राखेर पार्टी तथा सत्ता सञ्चालन गर्ने भन्दा पनि छिमेकीलाई खुसी बनाएर सत्तामा धेरै टिक्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरिरहेको आरोप श्रेष्ठको थियो । उनले देश अहिले पनि कृषि अर्थतन्त्रमा आधारित रहेपनि त्यसलाई सञ्चालन गर्ने सरकारी नीति कृषक मैत्री नभएको, उर्वर भूमिहरु भूमाफियाका कारण तीव्र रुपमा खण्डिकरण भइरहेको र उत्पादनमा लाग्न सक्ने हजारौ युवा दैनिक रुपमा बिदेशिएका बताए । खण्डिकरण हुन बाँकी जमिन जनशक्तिको अभावमा बाँझो रहेका र कृषि पूर्ण रुपमा आयातमुखी हुंदै गएको उनको धारणा थियो । उनले यसका लागी अखिल नेपाल किसान महासंघले जमिन राज्यको नियन्त्रणमा राख्नु पर्ने तथा कर लगाएर नियन्त्रण गर्नु पर्ने राय सम्बन्धित निकायमा राखेको बताए ।
फरक प्रसंगमा हरेक प्रजातान्त्रिक पार्टीमा विविध विचार हुने धारणा राख्दै उनले त्यही फरक विचार भएकै कारण बादबिबाद र क्षणिक गुट उपगुट पनि कायम रहेको उल्लेख गरे । ‘एमाले पनि एउटा प्रजातान्त्रिक पार्टी हो र पार्टीमा गत नवौ महाधिबेशनपछि गुट कायम रहेको देखिन्छ । तर सञ्चार माध्यममा आए जस्तो विवाद होइन र विगतमा पार्टी फुटको अप्रिय अनुभव भोगेकाले पार्टी फुटको कल्पना पनि गर्न सकिन्नु’, उनले प्रष्टिकरण दिए ।
कार्यक्रमका अतिथि तथा प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राम शरण सिम्खडाले मञ्चको गतिबिधि संक्षेपमा राख्दै बिदेशमा रहेका लाखौं पार्टी सदस्यहरुलाई संगठित गर्न पार्टीको उपयुक्त कार्यक्रम नभएकोले संगठित गर्न अन्योल रहेको चर्चा गर्दै यसमा पार्टीले ध्यान पुरयाउनु पर्ने तर्क राखे ।
सो कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले कुमार केसी, इन्द्र क्षेत्री, बिक्रम श्रेष्ठ, अर्जुन बस्नेत, कृष्ण रेग्मी, सुबास दाहाल तथा भीमसेन खड्काले राखेका बिबिध समसामयिक जिज्ञासाको उत्तर दिएका थिए ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राम शरण सिम्खडा, उपाध्यक्ष्य रमेश बास्तोला, प्रचार बिभाग प्रमुख कुमार केसी, सल्लाहकार डा. कृष्ण रेग्मी, रेडिङ इलाका कमिटीका अध्यक्ष सुबास दाहाल, उपाध्यक्ष भीमसेन खड्का, डिल्ली घिमिरे, यादव श्रेष्ठ, अर्जुन बस्नेत, अशोक ज्ञवाली, इन्द्र क्षेत्री, निलम श्रेष्ठ, रुचिला बाँस्तोला, बिक्रम श्रेष्ठ तथा सरस्वती श्रेष्ठको सहभागिता थियो । कार्यक्रमको सञ्चालन रेडिङ इलाका कमिटीका उपाध्यक्ष भीमसेन खड्का र अध्यक्षता कमिटीका अध्यक्ष सुबास दाहालले गरेका थिए ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा