
लन्डन । बेलायतको प्रतिपक्षी लेबोरको संसदीय दलको नेतामा जेरेमी कोरबीन पुनः निर्वाचित भएका छन् । उनले ६१.८ प्रतिशत मतसहित प्रतिष्पर्धी ओवेन स्मिथलाई हराएका हुन् । पार्टीको आन्तरिक लडाईंमा वर्ष दिनमा दोश्रो पटक वहुमतले जितेका कोरबीनले पार्टीलाई एक ढिक्का बनाउने प्रण गर्दै आगामी आम निर्वाचन समेत जित्न सकिने विश्वास व्यक्त गरेका छन् ।
लिभरपुलमा भएको लेबोर सम्मेलनमा कोरबीनले ३१३२०९ मत ल्याएका थिए । उक्त पार्टीका ५ लाख बढि सदस्य छन् । गत वर्ष उनको पक्षमा ५९.५ प्रतिशत मत परेको थियो ।
जनमतले ईयूबाट बेलायत बहिगर्मन भएपछि नेतृत्वलाई लिएर आलोचित कोरबीनले संसदमा अविश्वासको प्रस्ताव सामना गर्नुपरेको थियो ।
बुद्धिजिवी हेमन्त पौडेलको विश्लेषण छ, बोल्न सिपालु, सामान्य जीवन यापन गर्ने र सिद्धान्तमा अडिग यी बृद्ध नेताले ब्रिटेनको एउटा ठूलो आधुनिक पुस्तालाई नजानिंदो तबरले केही वर्ष यता आकर्षित गरिरहेका छन् ।
इतिहासमा संधै लेबर पार्टीका ब्याक बेन्चरका रुपमा चिनिएका जेरेमी संसदमा आफ्नै लेबर पार्टीको ह्वीपलाई ४० पटक भन्दा धेरै उल्लंघन गरेका छन् । मार्ग्रेट थ्याचर प्रधानमन्त्री हुंदा उनीसंग पनि टक्कर लिन पछि परेनन् । साइकल चढेर हिंड्ने यी नेताको आफ्नै कार छैन भनिन्छ र यिनी रक्सी चुरोट खांदैनन्, शाहाकारी हुन् । यिनी पब्लिक यातायात प्रयोग गर्छन्, आप्रवासीका पक्षमा वकालत गर्छन् । प्यालेस्टाइन आन्दोलनलाई समर्थन गर्छन्, इराक युद्ध बिरोधी हुन् । आणविक हतियार उन्मुलनका समर्थनमा जहिले पनि गर्जन्छन् । नारा जुलुस खुब मन पर्छ यिनलाई । त्यसैले त बेलायतका ट्रेड युनियनका प्यारा छन् उनी ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई