
लन्डन । विगत तीन दशकदेखि बेलायतमा बसोबास गरिरहेका क्याक्मी, स्याङ्जाका घनबहादुर थापा मगर आफूद्वारा रचित गीतहरूको एल्बम ‘मायाको संसार’ लिएर स्रोतामाझ आएका छन् ।
उनको एल्बम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच विमोचन गरे । एल्बम विमोचनपछि बोल्दै रसिकले ‘विदेशमा रहेका थुप्रै कवि कलाकारहरूले नेपाली साहित्य तथा संस्कृतिलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको’ भन्दै उक्त कार्यको प्रशंसा गरे । उनले भने, ‘घनबहादुरजी त्यसैको एउटा उदाहरण हुनुहुन्छ ।’
सङ्गीतकार पावल चाम्लिङको एकल सङ्गीत रहेको उक्त एल्बममाथि समीक्षात्मक मन्तव्य राख्ने क्रममा कवि तथा किरात सौन्दर्यशास्त्री भूपाल राईले नेपाली गीतिक्षेत्रले मौलिकपनको खोजी गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘मायाप्रेमभन्दा माथि उठेर हामीले जीवनका पक्षमा गीत लेख्न जरुरी छ ।’ त्यसैगरी, सङ्गीतकार शान्तिराम राईले ‘मायाको संसार’ एल्बम गीत, सङ्गीत र गायनपक्ष सबै कोणबाट अब्बल रहेको दाबी गरे ।
नेपाली वाङ्मय परिषदद्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष एवं प्राज्ञ शशी लुमुम्बू, कवि तथा गीतकार उषा शेरचन, गीतकार संघ, नेपालका महासचिव शुभ मुकारुङ, गीतकार भूपेन्द्र खड्का तथा नेपाली साहित्य विकास परिषद् युकेका अध्यक्ष सुरेशजंग शाहले बोलेका थिए । कार्यक्रममा गायिका श्रेयसी चेम्जोङले विमोचित एल्बमभित्रको ‘हुन्थ्यो होला…’ बोलको गीत गाएकी थिइन् भने स्वरुपराज आचार्यको स्वर रहेको ‘सागर जति गहिरो…’ बोलको गीतमाथि निर्मित म्युजिक भिडियो प्रदर्शन गरिएको थियो ।
‘देशको माटोमा मेरो फूल’ र ‘क्याक्मीको कोसेली’ नामक कविताकृतिका स्रष्टा घनबहादुरको एल्बममा ‘आउँछु भन्ने मायाको…’, ‘भमरा र फूलबिना…’, ‘त्यागेँ मैले…’, र ‘नेपाली माटो…’ समेत ६ वटा गीत समावेश गरिएका छन् । एल्बममा स्वरुप र श्रेयसीका साथै राजेशपायल राई, टीका प्रसाईं, मिलन अमात्य, सञ्जय तुम्रोक र तारा श्रीस मगरको सुमधुर स्वर सुन्न पाइन्छ । कृष्णा थापा मगरद्वारा प्रस्तुत एल्बम रिभेन्ज म्युजिक क्रियसनले बजारमा ल्याएको हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा