
लन्डन । विगत तीन दशकदेखि बेलायतमा बसोबास गरिरहेका क्याक्मी, स्याङ्जाका घनबहादुर थापा मगर आफूद्वारा रचित गीतहरूको एल्बम ‘मायाको संसार’ लिएर स्रोतामाझ आएका छन् ।
उनको एल्बम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच विमोचन गरे । एल्बम विमोचनपछि बोल्दै रसिकले ‘विदेशमा रहेका थुप्रै कवि कलाकारहरूले नेपाली साहित्य तथा संस्कृतिलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको’ भन्दै उक्त कार्यको प्रशंसा गरे । उनले भने, ‘घनबहादुरजी त्यसैको एउटा उदाहरण हुनुहुन्छ ।’
सङ्गीतकार पावल चाम्लिङको एकल सङ्गीत रहेको उक्त एल्बममाथि समीक्षात्मक मन्तव्य राख्ने क्रममा कवि तथा किरात सौन्दर्यशास्त्री भूपाल राईले नेपाली गीतिक्षेत्रले मौलिकपनको खोजी गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘मायाप्रेमभन्दा माथि उठेर हामीले जीवनका पक्षमा गीत लेख्न जरुरी छ ।’ त्यसैगरी, सङ्गीतकार शान्तिराम राईले ‘मायाको संसार’ एल्बम गीत, सङ्गीत र गायनपक्ष सबै कोणबाट अब्बल रहेको दाबी गरे ।
नेपाली वाङ्मय परिषदद्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष एवं प्राज्ञ शशी लुमुम्बू, कवि तथा गीतकार उषा शेरचन, गीतकार संघ, नेपालका महासचिव शुभ मुकारुङ, गीतकार भूपेन्द्र खड्का तथा नेपाली साहित्य विकास परिषद् युकेका अध्यक्ष सुरेशजंग शाहले बोलेका थिए । कार्यक्रममा गायिका श्रेयसी चेम्जोङले विमोचित एल्बमभित्रको ‘हुन्थ्यो होला…’ बोलको गीत गाएकी थिइन् भने स्वरुपराज आचार्यको स्वर रहेको ‘सागर जति गहिरो…’ बोलको गीतमाथि निर्मित म्युजिक भिडियो प्रदर्शन गरिएको थियो ।
‘देशको माटोमा मेरो फूल’ र ‘क्याक्मीको कोसेली’ नामक कविताकृतिका स्रष्टा घनबहादुरको एल्बममा ‘आउँछु भन्ने मायाको…’, ‘भमरा र फूलबिना…’, ‘त्यागेँ मैले…’, र ‘नेपाली माटो…’ समेत ६ वटा गीत समावेश गरिएका छन् । एल्बममा स्वरुप र श्रेयसीका साथै राजेशपायल राई, टीका प्रसाईं, मिलन अमात्य, सञ्जय तुम्रोक र तारा श्रीस मगरको सुमधुर स्वर सुन्न पाइन्छ । कृष्णा थापा मगरद्वारा प्रस्तुत एल्बम रिभेन्ज म्युजिक क्रियसनले बजारमा ल्याएको हो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते