
आकाशको जुन तिमीलाई
सदाबहार बसन्तको हरियाली पनि
माया र प्रेमको सागर मात्रै होइन तिमीलाई
मेरो जिन्दगी नै तिम्रो भनेको अनि
तिमी हिंड्ने गोरेटो अनि बाटोहरु
फूलै फूलले सजाइदिन्छु
मायाको इसारा मात्र देउ तिमी
युग युग अनि जुनी जुनी कुरिदिन्छु
खोलाको बगरहरु तिमीलाई
कल्कलाउंदै बग्ने नदीहरु पनि
खोला र नदीहरु मात्रै होइन तिमीलाई
हिमाल पहाड अनि प्रकृतिको सुन्दरता नै तिमी अनि
हुन्छ मात्रै भन तिमी
सपनाको संसारमा कल्पनाको महल बनाइदिन्छु
कल्पना मात्रै गर तिमी
जुन र ताराहरुको आकाशसम्म बाटो कोरिदिन्छु
बिहानीको किरण तिमीलाई
सन्ध्याको सूर्यास्त पनि
हरदिन सधै कल्पनाको तस्बिर तिम्रो कोरिरहन्छु
हररात सधैं सपनाको अंगालोमा बांधिदिन्छु तिमीलाई अनि
पागल हुन्छु तिम्रो मुस्कानमा
बेहोसिन्छु चञ्चल तिम्रो चालमा
आँखाको भाकाहरुमा तिम्रो
म मायाको गीत गाइदिन्छु
अनुमति भए तिम्रो
मायाको गीत मात्रै होइन तिमीलाई
जिन्दगी जिउने साहारा बनिदिन्छु
आकाशको जुन तिमीलाई
फूलै फूलको मौसम पनि
माया र प्रेम तिमीलाई
बनि देउ मेरो जिउने आधार अनि
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा