
काठमाडौँको राष्ट्रिय सभागृहमा नेपाल महिला सङ्घ केन्द्रिय निर्वाचनमा शुक्रबार विद्युतिय मतदानको लागि सिक्दै मतदाता । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३१ भदौ । नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनको मतदान कार्य जारी छ । बिहान ९ः३० बजेदेखि सुरु हुने भनिएको निर्वाचन झन्डै साँढे दुई घन्टा ढिला भई १२ बजे सुरु भएको थियो । मतदान अहिलेसम्म जारी रहेको सचिवालय निर्देशक सूर्य सङ्ग्रौलाले राससलाई जानकारी दिनुभयो ।
उहाँले दुई हजार ११४ जना मतदाता रहेकामा अहिलेसम्म एक हजार ४०० ले मतदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी परेको र विद्युतीय मेसिन प्रयोग गरेकाले एक जनालाई भोट हाल्न आधा घन्टासम्म लागेकाले मतदान ढिला भएको हो ।”
महाधिवेशनमा ५३ पदका लागि १२६ जनाको उम्मेदवारी परेको सङ्ग्रौलाले बताउनुभयो ।
निर्वाचनमा अध्यक्ष एक पदका लागि दुई, महासचिव एक पदका लागि दुई, कोषाध्यक्ष एक पदका लागि दुई, खुला केन्द्रीय सदस्य २२ पदका लागि ४७, जनजाति तीन पदका लागि ११, मधेसी तीन पदका लागि सात र मुस्लिम एक पदका लागि तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षमा मीना पाण्डे र उमा रेग्मी, महासचिवमा गोमा केसी र धना खतिवडा साथै कोषाध्यक्षमा कुसुमदेवी थापा र जानकी सिंह मैदानमा उत्रनुभएको छ ।
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते