
काठमाडौँको राष्ट्रिय सभागृहमा नेपाल महिला सङ्घ केन्द्रिय निर्वाचनमा शुक्रबार विद्युतिय मतदानको लागि सिक्दै मतदाता । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३१ भदौ । नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनको मतदान कार्य जारी छ । बिहान ९ः३० बजेदेखि सुरु हुने भनिएको निर्वाचन झन्डै साँढे दुई घन्टा ढिला भई १२ बजे सुरु भएको थियो । मतदान अहिलेसम्म जारी रहेको सचिवालय निर्देशक सूर्य सङ्ग्रौलाले राससलाई जानकारी दिनुभयो ।
उहाँले दुई हजार ११४ जना मतदाता रहेकामा अहिलेसम्म एक हजार ४०० ले मतदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी परेको र विद्युतीय मेसिन प्रयोग गरेकाले एक जनालाई भोट हाल्न आधा घन्टासम्म लागेकाले मतदान ढिला भएको हो ।”
महाधिवेशनमा ५३ पदका लागि १२६ जनाको उम्मेदवारी परेको सङ्ग्रौलाले बताउनुभयो ।
निर्वाचनमा अध्यक्ष एक पदका लागि दुई, महासचिव एक पदका लागि दुई, कोषाध्यक्ष एक पदका लागि दुई, खुला केन्द्रीय सदस्य २२ पदका लागि ४७, जनजाति तीन पदका लागि ११, मधेसी तीन पदका लागि सात र मुस्लिम एक पदका लागि तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षमा मीना पाण्डे र उमा रेग्मी, महासचिवमा गोमा केसी र धना खतिवडा साथै कोषाध्यक्षमा कुसुमदेवी थापा र जानकी सिंह मैदानमा उत्रनुभएको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा