काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले छिमेकी मुलुक भारतको यही भदौ ३० गतेदेखि आगामी असोज २ गतेसम्म चारदिने राजकीय भ्रमण गर्नुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री भारतको भ्रमणमा जान लाग्नुभएको हो ।
भारतमा रहँदा प्रधानमन्त्री दाहालले भारत सरकारको विशिष्ठ अतिथिका रुपमा भारतीय राष्ट्रपति भवनमा बस्नुहुनेछ । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महत हाल नयाँ दिल्लीमा रहेर उच्चस्तरीय भेटवार्ता गरिरहनुभएको छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा महत, व्यवस्थापिका–संसद्का सांसद, विभिन्न मन्त्रालयका सचिवहरु, उच्च सरकारी अधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारत पुगेलगत्तै प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ भने राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भदौ ३१ गते राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ समारोहमा सहभागी हुनुहुनेछ भने महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ ।
सोही दिन प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीच शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिसँगको भेटवार्तालगत्तै उहाँले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकारका वरिष्ठ मन्त्री एवम् पदाधिकारीसँग भेटवार्ता गर्नुहुनेछ ।
यस्तै, प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशमा निर्माणाधीन नाथ्पा झाँक्री जलविद्युत् परियोजनाका साथै हरिद्वारमा रहेको पतञ्जली योगपीठ र त्यससँग सम्बन्धित विभिन्न उद्योगको समेत निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।
त्यसैगरी, प्रधानमन्त्री दाहालले नयाँ दिल्लीमा बसोबास गर्दै आएका नेपाली समुदायका उद्योगी तथा व्यवसायीसँग अन्तक्र्रिया गर्ने पनि कार्यक्रम तय भएको छ । सबै कार्यक्रम सम्पन्न गरेर प्रधानमन्त्री दाहाल आगामी असोज २ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी