
स्वास्थ्य मन्त्री गगन थापा पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखराको हातामा निर्माण हुन लागेको प्रसूति वार्ड भवनको शनिबार शिलान्यास गर्दै । तस्बिर ः निमदत्त सुवेदी, रासस
पोखरा, २५ भदौ । स्वास्थ्य मन्त्री गगन थापाले बिरामी भएर उपचारका लागि सरकारी अस्पतालमा आउने दीन दुःखी जनताको उपचार सेवालाई परिणाममुखी हुने गरी काम गर्न स्वास्थ्यकर्मीसँग आग्रह गर्नुभएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हातामा निर्माण हुन लागेको प्रसूति वार्ड भवनको आज यहाँ शिलान्यास गर्दै उहाँले सय दिनभित्र सुधारको अनुभूति हुने काम गर्नुपर्ने र यसका लागि मन्त्रालयले जस्तोसुकै सहयोग पनि गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री थापाले आज कुन कुन चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने पालो हो, कुन कुन सेवा दिन सकिन्छ र कुन कुन कोठामा स्वास्थ्य परीक्षण हुन्छ, कुन सेवा अस्पतालले उपलब्ध गर्न सक्दैन भन्नेजस्ता सूचना लेखेर कोठा बाहिर टाँस्ने काम गरेर सूचना दिने परिपाटी बसाल्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो ।
अस्पतालमा नपुग भौतिक सुविधा उपलब्ध गराउन मन्त्रालय तयार रहेको जानकारी गराउँदै उहाँले तर यो अभाव भयो भनेर नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन पुगे भने त्यसको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्छ भन्नुभयो ।
मन्त्री थापाले स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामलाई अघि बढाइने पनि बताउनुभयो । सो अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सुपरिटेन्डेन्ट डा श्रीकृष्ण श्रेष्ठले अस्पतालका गतिविधिमाथि प्रकाश पार्नुभयो ।
प्रसूति वार्ड भवन रु ३३ करोड ८७ लाख ९८ हजार ६८ को लागतमा आगामी तीन वर्षभित्रमा निर्माण सम्पन्न गरिने बताइएको छ ।
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते