
लन्डन । एनआरएनए यूकेको आगामी आइतबार हुन लागेको बेलायतस्थित नेपाली संघसंस्थाबीचको काउन्सिल बैठकमा कम्तीमा सय संस्थाले भाग लिने जनाएका छन् । दुई सय बढि संघसंस्थालाई पत्राचार गरिएकामा अरु थपिने क्रम जारी रहेको संघले जनाएको छ । संघले प्रत्येक संस्थाबाट दुईजना प्रतिनिधि पठाइदिन पत्राचार गरेको छ ।
बैठकमा भाग लिन केन्द्रिय उपाध्यक्ष कुमार पन्त समेत आउने भएका छन् । कार्यक्रममा प्रमुख अतिथी हुनेछन् कार्यवहाक राजदूत शरदराज आरन ।
बैठक एम्पायर हल अल्डरसटमा बिहान ११ देखि सांझ ८ बजेसम्म हुन लागेको हो ।
कार्यक्रम संयोजक एनआरएनए यूके उपाध्यक्ष दासुराम पाण्डेले तयारी भइरहेको बताए । उद्घाटन समारोह, संस्थाको आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत एवं समूहगत छलफल गरि तीन चरणमा कार्यक्रम हुने महासचिव विजयविक्रम लिंगदेनले जानकारी दिए ।
संघको विधानमै संयुक्त अधिराज्यमा स्थापित भई सक्रिय नेपाली संघ संगठनबीच वर्षको एकपटक अनिवार्य रुपमा प्रतिनिधिसभा बैठक गर्नुपर्ने व्यवस्था छ । संघसंस्थाबीच आपसी एकता र भातृत्वको भावना अभिवृद्धि गर्दै नेपाल तथा नेपालीको हित हुने कार्यमा अधिकतम योगदानको अवसर उपयोग गर्न विधानले तोकेको छ ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा