
लन्डन । एनआरएनए यूकेको आगामी आइतबार हुन लागेको बेलायतस्थित नेपाली संघसंस्थाबीचको काउन्सिल बैठकमा कम्तीमा सय संस्थाले भाग लिने जनाएका छन् । दुई सय बढि संघसंस्थालाई पत्राचार गरिएकामा अरु थपिने क्रम जारी रहेको संघले जनाएको छ । संघले प्रत्येक संस्थाबाट दुईजना प्रतिनिधि पठाइदिन पत्राचार गरेको छ ।
बैठकमा भाग लिन केन्द्रिय उपाध्यक्ष कुमार पन्त समेत आउने भएका छन् । कार्यक्रममा प्रमुख अतिथी हुनेछन् कार्यवहाक राजदूत शरदराज आरन ।
बैठक एम्पायर हल अल्डरसटमा बिहान ११ देखि सांझ ८ बजेसम्म हुन लागेको हो ।
कार्यक्रम संयोजक एनआरएनए यूके उपाध्यक्ष दासुराम पाण्डेले तयारी भइरहेको बताए । उद्घाटन समारोह, संस्थाको आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत एवं समूहगत छलफल गरि तीन चरणमा कार्यक्रम हुने महासचिव विजयविक्रम लिंगदेनले जानकारी दिए ।
संघको विधानमै संयुक्त अधिराज्यमा स्थापित भई सक्रिय नेपाली संघ संगठनबीच वर्षको एकपटक अनिवार्य रुपमा प्रतिनिधिसभा बैठक गर्नुपर्ने व्यवस्था छ । संघसंस्थाबीच आपसी एकता र भातृत्वको भावना अभिवृद्धि गर्दै नेपाल तथा नेपालीको हित हुने कार्यमा अधिकतम योगदानको अवसर उपयोग गर्न विधानले तोकेको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा