
लन्डन । बडो संघर्ष गरेर यतिखेर यूके आइपुगेको छ युवा ढुकढुकी
दार्जिलिङको ब्याण्ड ‘मन्त्र’ । गत वर्ष भिजा साथमा थियो कार्यक्रम हुन नसकेर भ्रमण नै स्थगित भयो । नोभेम्बरमा भिजा लिएर लन्डन आउन ठिक्क पर्दा कोरोनेट हलमा एक्कासी घट्ना भएपछि उक्त स्थल नै बन्द भएर मन्त्रले कार्यक्रम गर्न पाएन । यो पटक अर्को झमेला आइलाग्यो । कार्यक्रम तय भइसकेको थियो, बेलायतले भिजा दिएन । तर, हार खाएनन् ब्याण्ड सदस्यहरु । अपिल गरेरै भएपनि कार्यक्रम हुनु अघिमात्र जसो तसो लन्डन उत्रियो
मन्त्र ।
‘हामीले आउने आशा मारिसकेका थियौं अपिलको पोजिटिभ डिसिजन लाष्ट मिनेटमा आयो । धन्न वाद्यवादन साथमा थियो तर अरु लुगाफाटो केही नलिइ यता हतारमा आउनु पर्यो’, ब्याण्ड सदस्यहरुले बेलिविस्तार लगाए ।
२ सेप्टेम्बरमा बेलायत उत्रिएको उक्त ब्याण्डले पहिलो शो इलेक्ट्रिक ब्रिक्सटनमा गरिसकेको छ । पहिलो बेलायत भ्रमणको पहिलो कार्यक्रम सफल भएको ब्याण्डले जनाएको छ ।
‘बीचमा अवरोध भएपनि यूके आइसकेपछिको पहिलो भ्रमण अविष्मरणीय भइरहेको छ’, ब्याण्डका गायक भास्कर देवानले अनुभव सांटे ।
यूके टुरमा ब्याण्डका भोकलिष्ट भास्कर देवानसहित लिड गितारिष्ट प्रज्ञा लामा, किबोर्डका मनिष थापा, फ्लुटका विधान थापा, प्रभास सुब्बा (बेस गितार) र बिरजु चौधरी (ड्रम्स्) आएका छन् । ड्रमर चौधरीले आगामी कार्यक्रम ९ तारिख शुक्रबार अल्डरसट एम्पायर हल र १० तारिख आसफोर्ड नर्थ स्कुल हलमा हुने जानकारी दिए ।
९७७ मुभमेन्ट, चौसी डि वान र बी १३ इन्टरटेनमेन्टले मन्त्रलाई यूके झिकाएका हुन् । उक्त ब्याण्डका राष्ट्रिय भावनाले ओतप्रोत र प्रेम गीत बढि चर्चित छन् । बीर गोर्खाली, हिमाली नेपाली, सधैं सधैं, संस्कृति, समय आदि रक गीत धेरै सुनिनेमा पर्छन् ।
‘बेलायतमा झन् धेरै फ्यान रहेछन्’, चौधरी भन्छन्, ‘यूकेका दर्शकलाई छाडेर जान मनै छैन् । न्यानो आतिथ्य र बेलायतवासी नेपालीको मायाले गर्दा कार्यक्रम गर्ने रहर पुगेकै छैन् ।’
रक गीतमा नेपाली युवा पुस्ताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बुझाइ छ मन्त्रको । १६ वर्ष अवधिमा उक्त व्याण्डले चार वटा एल्बम निकालिसकेको छ ।
यसैबीच, मन्त्रले आगामी आइतबार बुद्ध बार एण्ड ग्रील रेष्टुरेन्ट, स्टेन्स्मा सांझ ७ बजेपछि कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रवेश निशुल्क भएको जनाउंदै रेष्टुरेन्ट सञ्चालक किशोर थापाले इच्छुक संगीतप्रेमीलाई आउन आग्रह गरेका छन् ।
यसअघि उक्त ब्याण्डले साउथ ह्यारोस्थित ठमेल रेष्टुरेन्टमा पनि कार्यक्रम गरेको थियो ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा