
लन्डन । एसियन महिला एसोसिएसन (आमा) ले गत शनिबार आफ्नो ११ औं तीज पार्टी भव्य रुपमा सम्पन्न गरेको छ । करिब ६ सय महिला सहभागी उक्त कार्यक्रम अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ हलमा भएको हो ।
राताम्मे सारी, ब्लाउज र गरगहनामा सजिएर आएका नेपाली महिला तीज गीतमा नाचगान गर्दै रमाए ।
कार्यक्रममा अध्यक्ष अम्बिका खड्काले तीज शुभकामना दिंदै सहभागीलाई धन्यवाद दिइन् । अध्यक्ष खड्कासहित २० जना सदस्यहरु अमिता बेल्वासे, विभा गुरुङ, कल्पना (जिना) गुरुङ, सृजना पौडेल, मैया केसी, रिता क्षेत्री, मिना राउत, रमा बानिया, रोजिना प्रधान राई, शान्ति थापा, मन्जु सापकोटा, सन्जु रायमाझी श्रेष्ठ, लक्ष्मी कुंवर, निमा क्षेत्री, विश्वलक्ष्मी थापा, कल्पना चेम्जोङ, रचना थापा, कल्पना गुरुङ र अन्जु थापा कार्यक्रम सफल बनाउन खटिएका थिए ।
उक्त अवसरमा आमाले विगत जस्तै तीन पुस्ताबीच नृत्य प्रतिष्पर्धा समेत गराएको थियो जसमा वेष्ट डान्सर हजुरआमा, वेष्ट डान्सर आमा र वेष्ट डान्सर छोरी विद्या थिए । कार्यक्रमका दौरान आकर्षक पुरस्कारसहित राफल चिट्ठा समेत खेलाइयो जसमा प्रथम पुरस्कार आमाले प्रायोजन गरेको तिलहरी थियो भने दोश्रो पुरस्कार गोर्खा ज्वेलर्सकी सृजना पौडेलले प्रायोजन गरेको जन्तर र तेश्रो पुरस्कार ४ आना कांचो सुन थियो, जसलाई आमाकी सदस्य कल्पना चेम्जोङले प्रायोजन गरेकी थिइन् ।
यस पटक उक्त इभेन्टको फोटोग्राफी जिम्मा युद्द पुन र शंकर (क्यानन) गुरुङले लिएका थिए ।
एसोसिएसनले वर्षेनी गर्ने तीज कार्यक्रमबाट बचेको रकम महिला र बालबालिकाका लागि समर्पित च्यारिटीमा खर्च गर्दै आएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने