
लन्डन । एसियन महिला एसोसिएसन (आमा) ले गत शनिबार आफ्नो ११ औं तीज पार्टी भव्य रुपमा सम्पन्न गरेको छ । करिब ६ सय महिला सहभागी उक्त कार्यक्रम अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ हलमा भएको हो ।
राताम्मे सारी, ब्लाउज र गरगहनामा सजिएर आएका नेपाली महिला तीज गीतमा नाचगान गर्दै रमाए ।
कार्यक्रममा अध्यक्ष अम्बिका खड्काले तीज शुभकामना दिंदै सहभागीलाई धन्यवाद दिइन् । अध्यक्ष खड्कासहित २० जना सदस्यहरु अमिता बेल्वासे, विभा गुरुङ, कल्पना (जिना) गुरुङ, सृजना पौडेल, मैया केसी, रिता क्षेत्री, मिना राउत, रमा बानिया, रोजिना प्रधान राई, शान्ति थापा, मन्जु सापकोटा, सन्जु रायमाझी श्रेष्ठ, लक्ष्मी कुंवर, निमा क्षेत्री, विश्वलक्ष्मी थापा, कल्पना चेम्जोङ, रचना थापा, कल्पना गुरुङ र अन्जु थापा कार्यक्रम सफल बनाउन खटिएका थिए ।
उक्त अवसरमा आमाले विगत जस्तै तीन पुस्ताबीच नृत्य प्रतिष्पर्धा समेत गराएको थियो जसमा वेष्ट डान्सर हजुरआमा, वेष्ट डान्सर आमा र वेष्ट डान्सर छोरी विद्या थिए । कार्यक्रमका दौरान आकर्षक पुरस्कारसहित राफल चिट्ठा समेत खेलाइयो जसमा प्रथम पुरस्कार आमाले प्रायोजन गरेको तिलहरी थियो भने दोश्रो पुरस्कार गोर्खा ज्वेलर्सकी सृजना पौडेलले प्रायोजन गरेको जन्तर र तेश्रो पुरस्कार ४ आना कांचो सुन थियो, जसलाई आमाकी सदस्य कल्पना चेम्जोङले प्रायोजन गरेकी थिइन् ।
यस पटक उक्त इभेन्टको फोटोग्राफी जिम्मा युद्द पुन र शंकर (क्यानन) गुरुङले लिएका थिए ।
एसोसिएसनले वर्षेनी गर्ने तीज कार्यक्रमबाट बचेको रकम महिला र बालबालिकाका लागि समर्पित च्यारिटीमा खर्च गर्दै आएको छ ।
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने