भिएनटाइन (लावस), २१ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाले लगातार गर्दै आएको क्षेप्यास्त्र परीक्षणले गर्दा उक्त मुलुक विश्व समुदायबाट एक्लिदै गएको मङ्गलबार बताउनुभएको छ ।
ओबामाले उत्तर कोरियाली एकान्तवादी नेतृत्वका कारण विश्व समुदायसँगको सम्बन्धमा समस्या देखिएको बताउनुभएको हो ।
अमेरिकी राष्ट्रपति ओबामाले उहाँका दक्षिण कोरियाली समकक्षी पार्क गेन हेसँग लाओसमा क्षेत्रीय सम्मेलनको सिलसिलामा सोमबार भेट गर्नुहुँदै उत्तरद्वारा गरेका तीन मध्यम दुरीका क्षेप्यास्त्र परीक्षणबारे छलफल गर्नुभएको थियो ।
उत्तर कोरियाले चीनमा जी –२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति ओबामा तथा अन्य एसियाली नेताहरु लाओस प्रस्थान गर्नुपूर्व क्षेप्यास्त्र परीक्षण गरी शक्ति प्रदर्शन गर्न खोजेको भनाइहरू आएका थिए ।
अमेरिकी राष्ट्रपति ओबामाले दक्षिण कोरियाली पार्कसँग भन्नुभयो, उत्तर कोरिया उत्तेजित बन्दा आफूलाई थप एक्ल्याउने र उ विरुद्ध थप दबाब सिर्जना हुने बताउनुभएको थियो ।
यसलाई दक्षिण कोरियाका राष्ट्रपतिले बेकामको उत्तेजना भएको भन्दै राष्ट्रपति ओबामासँग यसले उत्तरलाई विध्वंशको बाटोमा लाने बताउनुभयो ।
प्योङयाङले यस वर्ष चौँथो आणविक परीक्षण तथा श्रृङ्खलाबद्ध क्षेप्यास्त्र परीक्षण गरेको छ । यसका कारण संयुक्त राष्ट्रसङ्घद्वारा उत्तर कोरियाविरुद्ध आर्थिक नाकाबन्दीको घोषणा गरिएको छ भने दक्षिण कोरियाले अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली भित्र्याई उत्तरको सामना गर्न तयार रहेको बताउँदै आएको छ ।
उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको उपस्थितिमा सोमबार गरिएको क्षेप्यास्त्र परीक्षण उत्कृष्ट भएको भनी अवलोकन पश्चात उहाँले प्रतिक्रिया दिनुभएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते