लन्डन । झन्डै साढे तीन वर्ष देखि बेलायतमा यातना सम्वन्धि मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामाको पक्षमा फैसला भएको छ ।
अभियोजन पक्षले लामालाई दोषी ठहरयाउन सक्ने पर्याप्त आधार नभएको भन्दै मुद्दा अघि नबढाउने निर्णय लिएपछि लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा मंगलबार कोर्ट नम्बर ६ मा जस्टीस स्वीनी नेतृत्वको इजलासले लामालाई निर्दोष सावित गर्दै मुद्दा टुंग्याएको हो ।
‘न्यायको जित भएको छ’, फैसलापछि ओल्ड बेली बाहिर कर्णेल लामाले कान्तिपुरसंग यत्ति बोले । ज्यादै हंसिलो देखिएका लामाले नेपाली सेनाको अनुमति बिना थप बोल्न नमिल्ने बताए । तस्विर खिच्न आग्रह गर्दा उनले हांसेर टारिदिए, ‘भाइ फोटो नखिचौं होला ।’ लामाका साथ उनकी छोरी पनि आएकी थिइन् ।
लामाले ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोग लगाएको थियो ।
गत महिना करिब सात हप्ताको सुनुवाइपछि लामाले यातना सम्वन्धि दुई मध्ये करम हुसेनको मुद्दामा सफाइ पाएका थिए ।
लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ (१) अन्तर्गत मुद्दा चलाइएको थियो । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला छुट्टीमा परिवार भेटन बेलायत आउंदा सन् २०१३, जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो ।
अन्तिम फैसला सुन्न बीबीसी नेपाली सेवाका भगिरथ योगी, कान्तिपुरका यूके संवाददाता नवीन पोखरेल र सुरक्षा सम्बन्धि अध्ययन गरिरहेका नारायण अधिकारी दिनभर प्रतिक्षारत थिए ।
इकान्तिपुर
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा