
लन्डन । तमु समाज यूके आमा समूहले गत शनिबार लन्डन हयारो बोरो फुटबल क्लबमा हरितालिका तीज कार्यक्रम गरेको छ ।
नारीहरुको महान पर्व तीजको पावन अवसरमा आयोजित उक्त कार्यक्रममा लन्डन वरपरका नेपाली नारीहरु हर्ष र उल्लासमय वातावरणमा रमाए ।
तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङको अध्यक्षता र गैर आवासीय नेपाली संघ यूके उपाध्यक्ष शान्ति थापा कुंवरको प्रमुख आतिथ्यमा सम्पन्न तीज विशेष कार्यक्रमको सञ्चालन सहिन केसी र आमा समूहकी सचिब बिमला गुरुङले गरेका थिए ।
हेल्थ एण्ड सेफ्टीबारे आमा समूहकी उपाध्यक्ष पुष्पा गुरुङले जानकारी गराएकी थिइन् । तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङ, प्रमुख अतिथि गैर आवासीय नेपाली संघ यूके उपाध्यक्ष शान्ति थापा कुंवर, तमु समाज यूके उपाध्यक्ष बिजु गुरुङ र सोंपाल समाज यूके संस्थापक उपाध्यक्ष पार्वती गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि उद्घाटन गरिएको तीज बिशेष कार्यक्रममा यती नेपाली एसोसिएसन यूके अध्यक्ष पिपला देवान लगायत थुप्रै संघ संस्थाका महिला प्रतिनिधि, समाजसेवी तथा नेपाली महिलाको उपस्थिति थियो ।
तीज कार्यक्रममा तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङले स्वागत मन्तब्य, आमा समूहकी उपाध्यक्ष पुष्पा गुरुङले धन्यवाद मन्तव्य र प्रमुख अतिथि गैर आवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष शान्ति थापा कुंवरले तीजको शुभकामना दिए ।
कार्यक्रममा विभिन्न किसिमका आकर्षक पुरस्कारहरुको राफल ड्र, तीजको दर खाने, पिउने संगसंगै चाँद म्यूजिकको डिजेको तीज गीतमा सबैले छमछमी नाचेर मनोरन्जन लिए ।
विभिन्न ब्यवसाय तथा महानुभावहरुले प्रायोजन गरेको पुरस्कारबाट उत्कृष्ट नृत्यंगना छानेर पुरस्कृत गरिएको थियो । उत्कृष्ट नाचेर पुरस्कृत हुनेमा क्रमशः बिना गुरुङ प्रथम, गंगा गुरुङ द्वितिय, दुर्गा कुमारी गुरुङ तृतीय, रिता गुरुङ चौथो, निसा गुरुङ पाँचौ, सुनिता आचार्य छैटौ र भक्ति माया राईले सातौं स्थान आगटे । यसका साथसाथै एकल नृत्य प्रस्तुत गर्ने दुईजना नृत्यंगना सिसु गुरुङ र इन्द्रिया मोक्तानलाई विशेष पुरस्कार दिइयो । नृत्यको प्रथम पुरस्कार लन्डन फेसन हाउसकी प्रोपाइटर तथा निर्देशक मनिसा डंगोलले र राफल ड्रको प्रथम पुरस्कार मनिकला राई गुरुङले प्रायोजन गरेका थिए ।
तमु समाज यूकेका खाद्य संयोजक हरिमान गुरुङ र सहयोगीहरुले तयार पारेका तीज विशेष खानाको निम्ति विभिन्न दानबीरहरुले सेलरोटी, मिनरल वाटर तथा आर्थिक सहयोग गरेका थिए । दिउसो १ बजे आरम्भ भएको कार्यक्रम बेलुका ११ बजे अन्त भएको थियो ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा