लन्डन । बेलायतस्थित नेपाली दूतावासको आर्थिक सहयोगमा आयरल्याण्डमा ‘नेपाल आयरल्याण्ड डे’ सम्पन्न भएको छ ।
आयरल्याण्ड र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको १६ वर्ष गांठका अवसरमा नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र नेपाल आयरल्याण्ड सोसाइटीले डब्लिनस्थित फोनिक्स् पार्कमा कार्यक्रम गरेका हुन् । कार्यक्रममा डब्लिनका लर्ड मेयर, सांसदहरु, परराष्ट्र मन्त्रालयका अधिकारीहरुसहित हजारौं आइरिस र नेपाली सहभागी थिए ।
उक्त अवसरमा कार्यवहाक राजदूत शरदराज आरनले नेपाल आयरल्याण्ड डेबाट नेपाल र आयरल्याण्डबीच द्विपक्षीय सम्वन्ध प्रगाढ बनाउन, जनस्तरमा सम्वन्ध विकास गर्न र नेपालको कला संस्कृति विस्तार गर्न सहयोग पुग्ने धारणा राखे ।
कार्यक्रममा लर्ड मेयर, नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्य, एनआरएनए युरोप संयोजक कुल आचार्य, स्थानीय सांसद जो कोस्टेलो लगायतले पनि बोलेका थिए ।
कार्यक्रममा आइरिस पर्यटकले नेपाल जांदा खिचेका तस्विरहरुको प्रदर्शनी ‘भिजिट नेपाल फोटो प्रदर्शनी’ समेत भयो जसलाई हजारौंले अवलोकन गरे ।
दौत्य सम्बन्ध स्थापनाको अवसरका साथै भूकम्पपछि नकारात्मक असर झेलिरहेको नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल आयरल्याण्ड डे कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली पञ्चे बाजा र आइरिस एवं नेपाली कलाकारले प्रस्तुत गरेको गीत नृत्य आकर्षण बने ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा