डब्लिनमा गरियो नेपाल आयरल्याण्ड डे

Ireland 2

लन्डन । बेलायतस्थित नेपाली दूतावासको आर्थिक सहयोगमा आयरल्याण्डमा ‘नेपाल आयरल्याण्ड डे’ सम्पन्न भएको छ ।

आयरल्याण्ड र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको १६ वर्ष गांठका अवसरमा नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र नेपाल आयरल्याण्ड सोसाइटीले डब्लिनस्थित फोनिक्स् पार्कमा कार्यक्रम गरेका हुन् । कार्यक्रममा डब्लिनका लर्ड मेयर, सांसदहरु, परराष्ट्र मन्त्रालयका अधिकारीहरुसहित 
हजारौं आइरिस र नेपाली सहभागी थिए ।

उक्त अवसरमा कार्यवहाक राजदूत शरदराज आरनले नेपाल आयरल्याण्ड डेबाट नेपाल र आयरल्याण्डबीच द्विपक्षीय सम्वन्ध प्रगाढ बनाउन, जनस्तरमा सम्वन्ध विकास गर्न र नेपालको कला संस्कृति विस्तार गर्न सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रममा लर्ड मेयर, नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्य, एनआरएनए युरोप संयोजक कुल आचार्य, स्थानीय सांसद जो कोस्टेलो लगायतले पनि बोलेका थिए ।

14241579_10154040901969790_5965656490677635993_o

कार्यक्रममा आइरिस पर्यटकले नेपाल जांदा खिचेका तस्विरहरुको प्रदर्शनी ‘भिजिट नेपाल फोटो प्रदर्शनी’ समेत भयो जसलाई हजारौंले अवलोकन गरे ।

दौत्य सम्बन्ध स्थापनाको अवसरका साथै भूकम्पपछि नकारात्मक असर झेलिरहेको नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल आयरल्याण्ड डे कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली पञ्चे बाजा र आइरिस एवं नेपाली कलाकारले प्रस्तुत गरेको गीत नृत्य आकर्षण बने ।

14242431_10154044742939790_397002608016909335_o

प्रतिक्रिया

सम्बन्धित सामाग्री