लन्डन । नेपलिज आर्टिष्ट असोसिएसन यूकेले आइतबार लन्डनमा बेलायतस्थित नेपाली बालबालिकाबीच नृत्य प्रतियोगिता आयोजना गरेको छ । ह्यारो बरो फुटबल क्लवमा ७ देखि १६ वर्ष सम्मका ६ जना बालबालिका सहभागी उक्त प्रतिष्पर्धामा इश्मी थापामगर प्रथम, सुरगना शाही द्धितिया र प्रतिष्ठा त्रिपाठी तृतीय भए । रिमा भण्डारीले सान्त्वना पुरस्कार पाइन् ।
कार्यक्रमका प्रमुख अतिथी सोलिसिटर राजु थापा, विशेष अतिथी लन्डनस्थित नेपाली दूतावासका अट्याची तेजेन्द्र रेग्मी, असोसिएसन अध्यक्ष अजयशेखर प्रधान र महासचिव देवानन्द सैंजुले विजेतालाई नगद पुरस्कार र सर्टिफिकेट प्रदान गरे ।
कलाकार एवं व्यवसायी मनिष श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा असोसिएसन अध्यक्ष प्रधानले बालबालिकाभित्र रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता गरिएको जनाए । तर, तीज पर्व परेका कारण अभिभावक व्यस्त हुंदा धेरै बालबालिका सहभागी हुन नसकेको बताउंदै उनले आगामी वर्ष वृहत सहभागिता गराइने जनाए ।
प्रतियोगितामा नृत्यसहित असोसिएसनकै डमर सुब्बा, सुनिल सुब्बा, रोशन गुरुङ, कुलदीप प्रधान र मेदिनी निरौला सम्मिलित ब्याण्डले गीत संगीत प्रस्तुत गरेको थियो । अध्यक्ष प्रधान आफूले पनि नारायण गोपालको यती चोखो यती मिठो..बोलको गीत गाएका थिए । कार्यक्रममा भीम लिम्बुले साउण्ड सिस्टम व्यवस्था गरेका थिए ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार