लन्डन । नेपलिज आर्टिष्ट असोसिएसन यूकेले आइतबार लन्डनमा बेलायतस्थित नेपाली बालबालिकाबीच नृत्य प्रतियोगिता आयोजना गरेको छ । ह्यारो बरो फुटबल क्लवमा ७ देखि १६ वर्ष सम्मका ६ जना बालबालिका सहभागी उक्त प्रतिष्पर्धामा इश्मी थापामगर प्रथम, सुरगना शाही द्धितिया र प्रतिष्ठा त्रिपाठी तृतीय भए । रिमा भण्डारीले सान्त्वना पुरस्कार पाइन् ।
कार्यक्रमका प्रमुख अतिथी सोलिसिटर राजु थापा, विशेष अतिथी लन्डनस्थित नेपाली दूतावासका अट्याची तेजेन्द्र रेग्मी, असोसिएसन अध्यक्ष अजयशेखर प्रधान र महासचिव देवानन्द सैंजुले विजेतालाई नगद पुरस्कार र सर्टिफिकेट प्रदान गरे ।
कलाकार एवं व्यवसायी मनिष श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा असोसिएसन अध्यक्ष प्रधानले बालबालिकाभित्र रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता गरिएको जनाए । तर, तीज पर्व परेका कारण अभिभावक व्यस्त हुंदा धेरै बालबालिका सहभागी हुन नसकेको बताउंदै उनले आगामी वर्ष वृहत सहभागिता गराइने जनाए ।
प्रतियोगितामा नृत्यसहित असोसिएसनकै डमर सुब्बा, सुनिल सुब्बा, रोशन गुरुङ, कुलदीप प्रधान र मेदिनी निरौला सम्मिलित ब्याण्डले गीत संगीत प्रस्तुत गरेको थियो । अध्यक्ष प्रधान आफूले पनि नारायण गोपालको यती चोखो यती मिठो..बोलको गीत गाएका थिए । कार्यक्रममा भीम लिम्बुले साउण्ड सिस्टम व्यवस्था गरेका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते