लन्डन । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा बेलायतका विभिन्न शहरमा विशेष कार्यक्रम गरिएका छन् । शुक्रबार सांझ देखि नै विभिन्न नेपाली संघसंस्थाले तीज कार्यक्रम राखे । तीजकै दिन आइतबार साउथहल राम मन्दिरमा तीज विशेष कार्यक्रम भएको छ ।
विश्व हिन्दू महासंघ यूके च्याप्टरले साउथहल राम मन्दिरमा गरेको ७ घण्टा लामो कार्यक्रममा झण्डै हजार महिला सहभागी भए । डिजेसहित भएको सांस्कृतिक कार्यक्रम हेर्न आएका महिलाहरुको भीड बाहिर प्रवेशद्धारसम्म पुगेको थियो । महासंघले विगत १० वर्षदेखि तीज कार्यक्रम गर्दै आएको छ ।
पण्डित समेत रहेका विश्व हिन्दू महासंघ यूके अध्यक्ष चिरन्जिवी ढकालको नेतृत्व र व्यवस्थापनमा अरु पण्डितहरु गोविन्द नेपाल र शेखर काफ्लेबाट महिलाहरुले ब्रत प्रतिष्ठाका लागि गरिने पूर्ण पात्र तथा गौदान, शिव लिंगमा पूजा आजा र सामूहिक आरती गरेका थिए । भीडभाड व्यवस्थित गर्न करिब तीस जनाको समूह बनाएर पण्डितहरुले कर्मकाण्ड गरेका थिए । मन्दिरको माथिल्लो तलामा शिवजीको दर्शन, पूजाआजा भएको थियो भने भुईंतलामा महिलाहरु दिनभर नाचगानमा रमाए । कार्यक्रममा नेपाली समुदायसंग निकट रहेका सांसद बीरेन्द्र शर्मा पनि उपस्थित थिए जसलाई अध्यक्ष ढकालले सम्मान र स्वागत गरे । उक्त अवसरमा सांसद शर्माले तीजको शुभकामना दिएका थिए ।
प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको आयोजनामा हरितालिका तीजकै दिन एसियन कम्युनिटी हलमा तीज कार्यक्रम भएको छ । उक्त अवसरमा पण्डितहरु निलहरि घिमिरे र विनोद पन्थीले तीज विशेष प्रवचन दिए भने व्रतालु दिदबिहिनीहरु सामूहिक पूजाआजा र नाचगानमा सहभागी भए । विनोद ज्ञवालीको संयोजनमा उक्त कार्यक्रम भएको हो ।
अल्पर्टनस्थित सनातन हिन्दू मन्दिर परिसरमा पनि आइतबार नेपाली महिलाहरु एकत्रित भएर तीज मनाए । नेपलिज वुमन हेल्पिङ ह्याण्डसको संयोजनमा भएको कार्यक्रममा महिलाहरुले तीजगीतमा नाचगान गरे । उता, तमु समाज यूके आमा समूहले पनि शनिबार ह्यारो बरो फुटबल क्लवमा तीज कार्यक्रम गर्यो ।
साथै, एसिएन महिला एसोसिएसन (आमा) ले पनि शनिबार एम्पायर बैंक्यूटिङ हल अल्डरसटमा तीज कार्यक्रम गरेको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश