लण्डन । ब्रिटिश गोर्खाज नेपाली कम्युनिटी डार्टफोर्ड महिला बिभागद्वारा प्रथम पटक तीज कार्यक्रमकाे अायाेजना गरिएकाे छ ।
शनिबार ट्रि स्ट्रेट कम्युनिटी हल डार्टफोर्डमा अायाेजित साे कार्यक्रममा डार्टफाेर्ड क्षेत्रमा बसाेबास गर्ने महिलाहरूकाे उपस्थिति थियाे ।
महिला दिदीबहिनीहरूलाई एउटै ठाउँमा आबद्ध गरी आत्मियता र सद्भावको साथ आफ्नाेपन दिलाउने उदेश्यले साे कार्यक्रम आयोजना गरिएकाे अायाेजकहरूले बताएका छन् ।
ब्रिटिश गोर्खाज नेपाली कम्युनिटी महिला बिभागका अध्यक्ष श्रीमती गंगा गुरुङको अध्यक्षता र सम्मानित मान्यजन आमाहरुको अतिथि आसनमा सम्पन्न पहिलो चरणमा औपचारिक कार्यक्रमको संञ्चालन श्रीमती हेमा राना गुरुङले गरेकी थिइन् भने स्वागत मन्तब्य श्रीमती गंगा देवानले दिएकी थिइन् । ब्रिटिश गोर्खाज नेपाली कम्युनिटी डार्टफोर्डको वरिष्ठ उपाध्यक्ष भिम गुरुङले डिजेमा सहयोग गर्नु भएको कार्यक्रममा आफन्त मान्यजनहरुको उल्लेखनीय उपस्थित रहेको थियो। सबै दिदी बहिनीहरुले समूहगत रुपमा जलपान र मिठो मिठो परिकारको ब्यवस्था गर्नु भएको थियो भने व्यवस्थापनमा सहयोग ब्रिटिश गोर्खाज नेपाली कम्युनिटीको सचिव शेर बहादुर खजुम, कोषाध्यक्ष योगेन आङदेम्वेले गरेका थिए । कार्यक्रममा उपस्थित पाहुना दिदीबहिनी,चेलीबेटीहरुलाई अध्यक्ष गंगा गुरुङले खादा अोढाई सम्मान गरेकी थिइन भने दोस्रो चरणको कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य एवम् नेपाली मौलिकता झल्किने गीत गुञ्जनको साथ विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरुको सञ्चालन सुश्री दिब्या गुरुङ र सुश्री निशा थापाले गरेका थिए।
नेपाली महिलाहरुको महान चाडको रुपमा लिइएको तीजलाई हेरिने दृष्टिकोण आ-आफ्नै प्रकारको भए पनि विकृति र बिसङ्गतितिर उन्मुख हुनबाट जोगाउन विदेशमा रहनुभएका नेपाली महिला दिदी बहिनीहरुको पनि उत्तिकै उत्तरदायित्व रहेको छ ।
प्रस्तुती हेमा राना गुरुङ
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने