
लन्डन । तीजको पूर्व सन्ध्यामा नर्थवेस्ट लन्डन क्षेत्रका नेपाली महिलाहरुले सामूहिक नाचगानहित दर खाएर तीजलाई स्वागत गरेका छन् । शुक्रबार दिउंसैदेखि भेला भएका दिदीबहिनीहरुले मध्यरातसम्म नाचगानमार्फत
रमाइलो गरे ।
यती नेपाली एसोसिएशन यूकेकी अध्यक्ष पिपला देवानले कार्यक्रम गरेकी हुन् ।
सो अवसरमा सहभागीबीच नृत्य प्रतियोगिता समेत गरिएको थियो जसमा १५ जनाले भाग लिएका थिए । प्रतियोगितामा देवीका रायमाझी प्रथम, सम्झना थापा दोश्रो र बिना गुरुङले तेस्रो पुरस्कार पाए भने वेष्ट इन्टरटेनरको पुरस्कार भक्तिमाया राईलाई दिइएको थियो ।
प्रतियोगिताको निर्णायकमा लन्डन नेपाल न्यूज डटकमका प्रवन्ध निर्देशक इञ्जिनियर आरके त्रिपाठी, बैंकर रमेश क्षेत्री, यती पूर्व अध्यक्ष उमेशराज मोक्तान लगायत थिए । यती एसोसिएशनका पूर्व अध्यक्ष मोक्तानले विजेताहरुको नाम घोषणा गरेका थिए । विजेता र अन्य सहभागीलाई वृद्धा सविताको बाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण दिदीबहिनीलाई यती अध्यक्ष पिपला देवानले तीजको शुभकामना दिदैं विशेष उपहार बांडेकी थिइन् । एलिजा देवानको संयोजनमा कार्यक्रम भएको हो ।
कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष हिराधन राई, श्रीमति रोजिना प्रधान राई, यतीका सल्लाहकार दौलत राई, बुटवलस्थित होराइजन कलेजका भाइस प्रिन्सिपल बासुदेव अर्याल, कोसेली समूहका वीरेन्द्र कुंवर, व्यवसायी देव गुरुङ लगायत उपस्थित थिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश