
लन्डन । लन्डन साउथहलस्थित श्रीराम मन्दिरमा तीजको अवसरमा विशेष कार्यक्रम हुने भएको छ । विश्व हिन्दु महासंघ यूकेको आयोजनामा आगामी सेप्टेम्बर ४ तारिख, आइतबारका दिन पूजाआजा सहित भव्य कार्यक्रम हुन लागेको हो ।
दिउँसो १ देखि अपरान्ह पाँचबजेसम्म हुने कार्यक्रममा महासंघले रुद्री पूजा तथा विशेष मन्त्र पाठको व्यवस्था मिलाएको छ । त्यस्तै पूजाआजा सम्पन्न भइसकेपछि नाचगान र तीजका रमाइला गीतहरु सहित डिजेको पनि व्यवस्था गरिएको छ ।
“हिन्दु नारीहरुको महान चाड हरितालिका तीज पर्वका अवसरमा सँधैजस्तै यसपटक पनि श्रीराम मन्दिरमा आयोजना हुन गैरहेको पूजाआजा तथा नाचगान कार्यक्रममा सहभागी हुन हामी बेलायतस्थित सबै नेपाली दिदीबहिनीहरुलाई हार्दिक आमन्त्रण गर्दछौं,” विश्व हिन्दु महासंघ यूकेका अध्यक्ष चिरन्जीवी ढकालले भने । नेपाल बाहिर बसेर पनि आफ्नो संस्कृति र परम्परा अक्षुण्ण राख्ने यस अभियानमा सघाउन उनले सबैमा अनुरोध गरेका छन् ।
कार्यक्रम श्रीराम मन्दिर, २२ किङ्गस स्ट्रीट, साउथहल UB2 4DA मा आयोजना हुने र बस, ट्युब तथा नजिकै पार्किङको पनि सुविधा रहेको आयोजक विश्व हिन्दु महासंघ यूकेले जनाएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश