
लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मे र उनको क्याबिनेटका वरिष्ठ मन्त्रीहरु इयूसंग
नयां सम्वन्ध स्थापना गर्दै राम्रो व्यापार सम्झौता गर्ने र अध्यागमन समेत नियन्त्रण
गर्ने पक्षमा सहमत भएका छन् ।
मे क्याबिनेटका प्रभावशाली मन्त्रीहरु बोरिस जोन्सन, डेभिड डेभिस र लियम फक्स अध्यागमन नियन्त्रणको प्रमुख प्राथमिकतामा सहमत भएको बेलायती अखवारले उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताको भनाइ उधृत गर्दै मे र उनका मन्त्रीहरु बेलायतले इयू छाड्न लागेको हो न कि युरोप भन्दै अबको मोडल पृथक हुनुपर्नेमा जोड दिएका समाचारमा जनाइएको छ ।
समर बिदाले बेलायती राजनीति सुस्ताएको केही सातापछि बुधबार क्याबिनेट बैठकमा प्रधानमन्त्री मेले इयूको लिस्बन सन्धि अन्तर्गत आर्टिकल ५० छिट्टै लागू गर्न तयार रहेको बताउंदै आर्टिकल ५० प्रक्रियापछि सांसदहरुको मत बिनै दुई वर्षको काउन्ट डाउन शुरु हुने जनाइन् ।
बेलायत इयूबाट बाहिरिएपछि युरोपियनहरुलाई सहज आवतजावत (फ्रि मुभमेन्ट) दिइनुपर्ने प्रस्ताव उनले अस्वीकार गरिदिएकी छन् ।
उनले गैर युरोपेली देश नर्बेले जस्तो सिंगल मार्केट पहुंचका लागि इयू बजेटलाई पैसा खन्याएर फ्रि मुभमेन्ट स्वीकार्ने प्रयास आफ्नो नहुने अठोट पनि व्यक्त गरेकी छिन् । टेरेजाले इयूबाट यूकेको बहिगर्मन भइसकेपछि फेरि जनमत संग्रह नहुने र पछाडि ढोकाबाट इयूमा रहिरहने प्रयास नहुने पनि स्पष्ट गरिन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक