लन्डन । रेडिङ कपको १० औं संस्करण मंगोलियन भान्जाले हात पारेको छ । रेडिङको जोन रब्सन सेन्टरमा भएको फाइनलमा तोङबा फुटबल क्लबलाई २, १ ले पछि पार्दै मंगोलियन भान्जाले उपाधि कब्जा गरेको हो । उपाधिसंगै उक्त टिमले १६ सय पाउण्ड पुरस्कार पनि हात पारयो भने उप विजेता तोङबा एफसीले १००० पाउण्ड पायो ।विजयी टोलीका कुञ्जन गुरुङ म्यान अफ द म्याच घोषित भए भने बीबीसीका सञ्जय थापा मगर धेरै गोल गर्ने टप स्कोरर खेलाडी भए ।
युथतर्फ २३, भेट्रानतर्फ ६ र १६ वर्ष मुनीका ३ टिम सहभागी उक्त प्रतियोगिता हेर्न रेडिङ र आसपासका नेपालीको उत्साहजनक उपस्थति थियो । गुल्मी नौमती बाजाले दिनभर प्रतियोगिताको रौनक अझ थपेको थियो । यसै गरि भेट्रानतर्फ बीबीसीले हिमालयन फुटबल क्लबलाई २, १ ले हराउंदै उपाधि र ८०० पाउण्ड पुरस्कार जित्यो । भेट्रान तर्फ गणेश लामाले सर्वाधिक गोल गरे भने मिलन राई म्यान अफ द म्याच घोषित भए ।
१६ वर्ष का मुनिको उपाधि गोर्खा हिल केन्टले जित्यो । उसले फाइनलमा स्वीन्डन क्लबलाई १, ० ले पछि पार्यो ।
कोलबर्न टाउन काउन्सिलर डा. जगन्नाथ शर्माले प्रतियोगिता उद्घाटन गरेका थिए भने रेडिङ मेयर मोहम्मद अयुब र कार्यबहाक राजदूत शरदराज आरनले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश