लन्डन । सृजनशील समाज लेस्टरको अध्यक्षमा प्रेम आलेमगर निर्वाचित भएका छन् ।
समाजको हालै सम्पन्न साधारणसभाले आलेको अध्यक्षतामा नयाँ समिति निर्बाचित गरेको हो । समितिमा उपाध्यक्ष श्रीमती छमकला न्यौपाने पोखरेल, महासचिव बरुण भण्डारी, सचिब पुन्डरी अर्याल, कोषाध्यक्ष बलराम चापागाइँ, सदस्यहरुमा श्याम खत्री, सुश्री जानकी सापकोटा, श्रीमती रिता गौतम सापकोटा, श्रीमती मीना शर्मा ज्ञवाली, श्रीमती सुधा पाण्डे, हरिभक्त महर्जन, रुपेश सिंह र टेक बहादुर छेत्री (बिपिन) रहेका छन् ।
यसअघि अध्यक्ष पशुपति पोखरेलले प्रस्तुत गरेको संस्थाको प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो । निर्वाचन समितिका संयोजक शंकर भण्डारीले पाँचौँ कार्यसमिति निर्बिरोध निर्बाचित भएको घोषणा गरेका थिए ।
नबनिर्बाचित अध्यक्ष प्रेम आलेको अध्यक्षता तथा महासचिव बरुण भण्डारीको सन्चालनमा सम्पन्न छोटो औपचारिक कार्यक्रममा संस्थाकी उपाध्यक्ष श्रीमती छमकला पोखरेलले चौथो कार्यसमिति, निर्वाचन समिति तथा साधारण सभालाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष आलेले लेस्टरमा हालै आएका परिवारलाई स्वागत, जिसीएसइ तथा अन्य कार्यमा सफल भाइबहिनीहरुलाई बधाइ, सन्तान हुने सदस्यहरुलाई बधाईका साथै नयाँ ब्यवसाय सुरु गर्ने निवर्तमान कोषाध्यक्ष शिवलाल गौतमलाई शुभकामना ब्यक्त गरेका थिए ।
समाजको आयोजनामा यसवर्षको तीज कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा भण्डारी ब्रदर्सका डाइरेक्टर कमल भण्डारी, साझा नेपाली समाजका संस्थापक अध्यक्ष शंकर भण्डारी, साझा नेपाली समाजका अध्यक्ष रणबहादुर केसी, साझा नेपाली समाजका उपाध्यक्ष महेश अधिकारी, नोटिङ्हम नेपाली समाजका पूर्व अध्यक्ष तथा गुल्मी जिल्ला समाज यूकेका कोषाध्यक्ष तारा भण्डारी, साझा नेपाली समाजका कोषाध्यक्ष नारायण फुंयाल, पिटरबोरो नेपाली समाजका पूर्व अध्यक्ष केशव भण्डारी, सृजनशील समाजका संस्थापक अध्यक्ष राजु कंडेल, निवर्तमान अध्यक्ष दयानिधि सापकोटा, पिटरबोरो नेपाली समाजका कोसाध्यक्ष बिष्णु थापा, ब्रुक्स्बी फुडका म्यानेजर सोहेल अवन तथा नेपालबाट आएकी आमा जानकी बिष्ट थिए ।
महसचिव प्रेम आलेको सञ्चालनमा राष्ट्रिय गानका साथमा सुरु गरिएको कार्यक्रममा सदस्य पुन्डरी अर्यालले उपस्थित सम्पूर्ण महानुभाबहरुलाई संस्थाको तर्फबाट स्वागत मन्तब्य दिएका थिए । साथै विशिष्ट अतिथि तथा अतिथिहरुले चौथौ कार्यसमितिलाई विशेष धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई शुभकामना दिए ।
औपचारिक कार्यक्रमको समापनसँगै सुरु भएको तीज कार्यक्रमको संयोजन मन्जिल पौडेलले गर्नु भएको थियो। संस्थाका सदस्यहरु मधु पौडेल, श्याम खत्री, किशन भुशाल, प्रेम सापकोटा लगायतले तयार पारेको स्वादिस्ट खाना तथा श्रीमती मालती पौडेलले तयार पारेको सेल रोटीको साथमा तीजका गीत गाउदै र नाच्दै चेलीहरुले माइतीको झल्को मेटाएका थिए ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?