
लन्डन । नेपलिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेले शनिबार सांझ ह्यारो बरो फुटबल क्लवमा तीज विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा तीज गीतमा महिलाहरु मज्जाले नाचे अनि दर खाए ।
एनबीसीका एक्जुकेटिभ अफिसर समिरनाथ प्याकुरेलले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष कमलराज खनालले तीज पर्वको शुभकामना दिंदै नेपाली कला, संस्कृतिलाई प्रवासमा समेत जीवन्त राख्न जरुरी रहेकोमा जोड दिए । सचिव मिलन घिमिरेले सहभागी सबैलाई धन्यवाद दिंदै तीज पर्वको सांस्कृतिक महत्वबारे बताए ।
कार्यक्रमको शुरुमा हालै दिवंगत गायक खेम गुरुङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको चर्चित गीत वारी जमुना पारी जमुना….बजाइएको थियो । त्यस लगत्तै इन्दिरा पौडेल, अन्जु रेग्मी, कल्पना खनाल, सुमित्रा शर्मा, लक्ष्मी गौतम, जमुना ढकाल, रेनुका पाण्डे, पार्वती सिलवाल र पूजा आचार्यले सामूहिक तीज गीत गाएका थिए । सुस्मिता सिग्देल र प्रज्ञा खनालले सिरैमा शिरबन्दी रिमिक्स गीतमा नृत्य देखाए । रिमा भण्डारी, रिता भण्डारी, निशा ढकाल, लक्ष्मी गौतम, सुजाता ढकाल लगायतले पनि एकल नाच देखाएका थिए ।
कार्यक्रम विल्कुल सांगीतिक माहोलमा भएको हो । साउण्ड इन्जिनियर हेमराज विष्टको ननस्टप डिजे अनि तीज गीतमा सहभागी अबेरसम्म नाचेका थिए । उक्त अवसरमा चौतारी रेष्टुरेन्टले खाना व्यवस्था गरेको थियो । कार्यक्रमलाई आइएमइ यूकेका कमल पौडेल, एनआरएनए यूके आइसीसी सदस्य एवं क्रिस फुडका कृष्ण तिमिल्सिना, प्रभु न्यौपाने, चौतारी रेष्टुरेन्टका सञ्चालक गंगा राना, चुडामणी रेग्मी लगायत व्यवसायीले प्रायोजन गरिदिएका थिए ।
तस्विरः शिव भण्डारी
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा