काँग्रेसका तर्फबाट नवनियुक्त १३ मन्त्रीहरुको कार्यविभाजन

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्ती राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथपछि नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीका साथमा । तस्बिर ः प्रदीपराज वन्त, रासस

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्ती राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथपछि नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीका साथमा । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, १० भदौ । नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुनुभएका मन्त्रीहरुको कार्यविभाजन तोकिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार सीतादेवी यादव शान्ति तथा पुनःनिर्माण, डा. प्रकाशशरण महत परराष्ट्र, अर्जुननरसिंह केसी सहरी विकास, बालकृष्ण खाँण रक्षा, सूर्यमान गुरुङ श्रम तथा रोजगार, जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गगनकुमार थापा स्वास्थ्य तथा जनसङ्ख्या, केशवकुमार बुढाथोकी समान्य प्रशासन, दीपक गिरी सिँचाइ, रोमीगौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थामी सहकारी तथा गरिबी निवारण र शङ्कर भण्डारी वन तथा भू–संरक्षण मन्त्री हुनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । शपथ ग्रहणमा नेकाका सभापति एवम् पूर्वप्रम शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता थियो ।

काँग्रेसका कोषाध्यक्षमा निर्वाचित यादव पहिलोपटक मन्त्री बन्नुभएको हो । यसैगरी काँग्रेसका केन्द्रीय सदस्य शाही, थापा, गिरी, जोशी, थामी, भण्डारी पहिलोपटक मन्त्री बन्नुभएको हो ।

यसअघि केसी, डा. महत, खाँण, गुरुङ, बुढाथोकी र गुरुङले मन्त्री पदको अनुभव सम्हालिसक्नुभएको छ ।

काँग्रेसका तर्फबाट यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखकले कार्यभार सम्हालिसक्नुभएको छ ।

वर्तमान मन्त्रीमण्डलमा काँग्रेसका तर्फबाट १५ जना सहभागी हुनुहुन्छ ।

पद तथा गोपनीयताको शपथ

यसअघि, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी नवनियुक्त १३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

यसअघि नेकाका तर्फबाट उप्रधानमन्त्री तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक सरकारमा सहभागी भइसक्नुभएको छ ।

नेकाका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीहरु, प्रमुख निर्वाचन आयुक्त, तीनवटै सुरक्षा निकायमा प्रमुख, मुख्य सचिव डा सोमलाल सुवेदी र नेपाल सरकारका विशिष्ट अधिकृतहरुको सहभागिता रहेको थियो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल साउन १९ गते व्यवस्थापिका–संसद्बाट प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको थियो । उहाँले साउन २० गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

नेपाली कांग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित हुनभएका दाहालले आफ्नो मन्त्रिमण्डललाई अहिले तेस्रोपटक विस्तार गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री