
लन्डन । अल्डरसट टाउन एफसीले नेपालमा विद्यालय निर्माणका लागि तीस हजार पाउण्ड सहयोग गरेको छ । उक्त फुटबल क्लवले रामेछापमा गत वर्षको भूकम्पपछि क्षतविक्षत बाम्ती भण्डार शेर्पा स्कुल बनाउन आर्थिक सहयोग गरेको हो । सट्सको संयोजनमा क्लबले उक्त कोष जुटाएको थियो जसमा सहारा यूके र बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेले पनि सहयोग गरेका थिए । कोष अभिवृद्धि गर्न चेल्सी फुटबल क्लब, सराज होम्स् ले पनि साथ दिएका थिए भने च्यारिटी डिनर, लिलाम बढाबढ र बकेटमा चन्दा संकलन कार्य समेत गरिएको थियो । उक्त भूकम्प प्रतिरोधी स्कुल भवन महिनादिनभित्र बनिसक्ने अपेक्षा छ ।
२७ कर्मचारी कार्यरत उक्त स्कुलले १२ वर्ष सम्मका तीनसय ४० जना गरिब बालबालिकालाई शिक्षा, खाना र बासको व्यवस्था गर्दै आएको छ । यी मध्ये करिब एकसय जना आफ्नो अभिभावक गुमाएर टुहुरा छन् । निजी स्तरबाट सञ्चालित यस स्कुलले सरकारबाट केही पनि सुविधा लिएको छैन् ।
विद्यालयका निर्देशक नुरी शेर्पाले आफ्नो क्षेत्रका गरिव र असहाय विद्यार्थीलाई सहयोग गरेकामा अल्डरसट एफसीसहित अन्य दातालाई धन्यवाद दिए ।
अल्डरसट टाउन एफसीका एक निर्देशक मेघ गुरुंगले स्कुल प्रोजेक्टमा अल्डरसटवासी एकै ठाउंमा आएर सहयोग गरेको बताउंदै दाताहरुप्रति आभार व्यक्त गरे ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते