
लन्डन । अल्डरसट टाउन एफसीले नेपालमा विद्यालय निर्माणका लागि तीस हजार पाउण्ड सहयोग गरेको छ । उक्त फुटबल क्लवले रामेछापमा गत वर्षको भूकम्पपछि क्षतविक्षत बाम्ती भण्डार शेर्पा स्कुल बनाउन आर्थिक सहयोग गरेको हो । सट्सको संयोजनमा क्लबले उक्त कोष जुटाएको थियो जसमा सहारा यूके र बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेले पनि सहयोग गरेका थिए । कोष अभिवृद्धि गर्न चेल्सी फुटबल क्लब, सराज होम्स् ले पनि साथ दिएका थिए भने च्यारिटी डिनर, लिलाम बढाबढ र बकेटमा चन्दा संकलन कार्य समेत गरिएको थियो । उक्त भूकम्प प्रतिरोधी स्कुल भवन महिनादिनभित्र बनिसक्ने अपेक्षा छ ।
२७ कर्मचारी कार्यरत उक्त स्कुलले १२ वर्ष सम्मका तीनसय ४० जना गरिब बालबालिकालाई शिक्षा, खाना र बासको व्यवस्था गर्दै आएको छ । यी मध्ये करिब एकसय जना आफ्नो अभिभावक गुमाएर टुहुरा छन् । निजी स्तरबाट सञ्चालित यस स्कुलले सरकारबाट केही पनि सुविधा लिएको छैन् ।
विद्यालयका निर्देशक नुरी शेर्पाले आफ्नो क्षेत्रका गरिव र असहाय विद्यार्थीलाई सहयोग गरेकामा अल्डरसट एफसीसहित अन्य दातालाई धन्यवाद दिए ।
अल्डरसट टाउन एफसीका एक निर्देशक मेघ गुरुंगले स्कुल प्रोजेक्टमा अल्डरसटवासी एकै ठाउंमा आएर सहयोग गरेको बताउंदै दाताहरुप्रति आभार व्यक्त गरे ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?