
काठमाडाँै, ९ भदौ । सत्ताबाट बाहिरिएपछि नेकपा (एमाले) आन्तरिक एकता र सुदृढीकरणमा लागेको छ ।
नवौँ महाधिवेशनपछि पार्टीभित्र पर्याप्त आन्तरिक छलफल र आपसी समझदारी हुन नसकेको प्रश्न उठ्ने गरेका सन्दर्भमा पछिल्लो स्थायी समितिको ४३ औँ बैठकले आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्र्ने प्रतिबद्धता सार्वजनिक गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्रबाराहीमा आठ दिनसम्म चलेर यही भदौ ७ गते सम्पन्न बैठकले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित महत्वपूर्ण विषयमा सघन छलफलपश्चात् आएको उक्त प्रतिबद्धताले कतिपय पार्टीकै कार्यकर्तामा पनि के एमालेमा गुटबन्दी अन्त्य हुन सम्भव होला भन्ने जिज्ञासा उत्पन्न गराएको छ । प्रदेश कमिटीको संयोजक र सहसंयोजकमा सन्तुलित कार्यविभाजन भएकाले माथिबाट एकताको सन्देश पनि एकैसाथ गएको पाइएको छ ।
एमालेले वैचारिक रूपमा स्पष्ट र सङ्गठनात्मक रूपमा एकताबद्ध, जुझारु र क्रियाशील पार्टीले मात्रै मुलुकका समस्या समाधानमा अगुवाइ गर्न भएकाले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न, विद्यमान राष्ट्रिय परिवेश, देश र जनताको हित, चाहना तथा आकांक्षालाई आत्मसात् गर्दै पार्टी पङ्क्तिलाई आन्तरिक एकताको सङ्कल्पमा जुट्न निर्देशित गरेको हो ।
विधि, नीति र पद्धतिलाई अनुशरण गर्दै कुनै नेता, कार्यकर्ता र सदस्यलाई कुनै पनि प्रकारको पूर्वाग्रह वा पक्षधरताका आधारमा नभई योगदान, क्षमता, सक्रियता र इमानदारीका आधारमा जिम्मेवारी दिने प्रणाली स्थापित गर्ने सङ्कल्प पनि निर्णयमा छ । कुनै पनि स्तरका कमिटी तथा जनसङ्गठनका निर्वाचनहरू प्यानल–सूचीका आधारमा नगर्ने र उम्मेदवारको योग्यता, क्षमता, योगदान, लोकप्रियता र इमानदारीका आधारमा निर्वाचित हुनसक्ने वातावरण सिर्जना गर्न नेतृत्वको प्रतिबद्धतामा कमी नआउने महासचिव ईश्वर पोखरेले बताउनुहुन्छ ।
सम्पूर्ण रूपमा एकताबद्ध भएर सबै प्रकारका चुनौतीहरूको सामना गर्दै जनताका अधिकार, राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिँदै पार्टीलाई गतिशील र सक्रिय बनाउन एमालेको पछिल्लो निर्णय साच्चिकै ऐतिहासिक सावित हुने सचिव योगेश भट्टराई बताउनुहुन्छ ।
पार्टीका संस्थागत निर्णयहरूलाई कार्यान्वयन गर्दै वैचारिक र राजनीतिक कामलाई प्राथमिकता दिने, पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरू तदरुकताका साथ कार्यान्वयन गर्ने, यसको सार्वजनिक रूपमा प्रतिरक्षा गर्ने, पार्टीको प्रतिष्ठा र लोकप्रियतामा आँच पुग्ने किसिमका कुनै पनि गतिविधि नगर्ने, बहस र छलफल गर्नुपर्ने विषयमा सम्बन्धित कमिटी र सङ्गठनका बैठकमा विधान र नियमअनुरूप यथोचित रूपमा छलफल गर्ने निर्देशन स्थायी कमिटीले दिएको छ ।
तल्ला कमिटीमा स्थायी कमिटीका निर्देशन कसरी आत्मसात् हुन्छ भन्ने आधारमा एमालेमा गुटबन्दीको प्रभाव कम हुने वा नहुने भन्ने देखाउन सक्नेछ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा