
लन्डन । २१ अगष्टमा आयोजित पांचौं मिस यूके नेपालका लागि कोरियोग्राफर र प्रमुख प्रशिक्षक भएर यूके आएकी लोकप्रिय नायिका प्रियंका कार्की स्वदेश फर्किसकेकी छिन् । यूके छंदा बटुलेका धेरै अविष्मरणीय क्षण बोकेर फर्किइन् उनी । मिस यूके नेपालका ८ प्रतिष्पर्धीसंगको सामिप्यतामात्र होइन, पांच वर्षकी वाल कलाकार क्रिशा श्रेष्ठलाई समेत चुम्बन गर्न भ्याइन् उनले ।
सञ्चारकर्मी कुशल श्रेष्ठको इन फोकस शोमा अन्तरवार्ता दिन प्लमस्टिड स्टुडियो पुगेकी प्रियंकाले वालिका क्रिशालाई पनि भेटिन् । क्रिशा ति हुन् जसले प्रियंकाको छिट्टै रिलिज हुन लागेको चलचित्र ‘पुरानो डुंगा’ को ‘ए निर जहिले रिसाउने’ बोलको चर्चित गीतमा मोडलिङ गरेकी छिन् । भिडियो हेरेपछि नायिका कार्कीले क्रिशा श्रेष्ठलाई भेटेर किसमात्र गरिनन्, आफ्नो हस्ताक्षर र किससहितको टिसर्ट क्रिशालाई उपहार समेत दिइन् ।
‘चुम्बन र हस्ताक्षरसहितको टिसर्ट दिएर उनलाई खुशी दिन सकें’, प्रियंकाले इस्टाग्राममा तस्विर शेयर गर्दै भनेकी छिन्, ‘मेट माइ लिटिल सुपर क्यूट, एडोरेबल फ्यान क्रिसा ।’
छोरीको म्यूजिक भिडियोका निर्माता तथा निर्देशक बाबु क्रिसमोन श्रेष्ठले सुपरस्टार नायिका कार्कीको यस्तो कार्यले आफ्नो छोरीमात्र नभइ नेपाली समाजका अन्य बालबालिकाहरुलाई समेत हौसला मिल्ने बताए । उनले आगामी दिनमा प्रियंकाका फिल्महरुले अझै जीवन्तता पाउन् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते