सोमबार, कार्तिक १० २०७७ | Mon, October 26, 2020
नेपालको समय: २०:५९ | UK Time: 15:14

पासा पुचः गुठी यूके लन्डनमा नयां नेतृत्व

वीनेपाली
२०७३ भदौ ७ गते १०:०६

pasa final
लन्डन । पासा पुचः गुठी यूके लन्डनले आइतबार वार्षिक साधारणसभा मार्फत नयां नेतृत्व चयन गरेको छ । मेमोरियल हल, हेनवेल मेथोडिष्ट चर्चमा आयोजित साधारणसभाले दुई वर्षका लागि कपिल श्रेष्ठको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको महासचिवमा त्रिवेणी गुरुङ, सहसचिवमा प्रिती कक्षपति, कोषाध्यक्ष भरत श्रेष्ठ र सदस्यहरुमा निर्मल मानन्धर, रुक्मणी मानन्धर, बीरेन्द्र अमात्य र समिर श्रेष्ठ चुनिएका छन् ।

साधारणसभामा सहसचिव प्रिती कक्षपतिले स्वागत गर्दै सबैमा धन्यवाद ज्ञापन गरेकी थिइन् भने महासचिव त्रिवेणी गुरुङले संस्थाका गतिविधि म्हः पूजा, भूकम्प पीडितलाई संस्थाले गरेको सहयोग र संस्थामा युवा सहभागिताबारे प्रकाश पारिन् । कोषाध्यक्ष बेबिना मालीले आय व्यय विवरण प्रस्तुत गरेकी थिइन् । पासा पुच गुठी यूके लन्डनका उपाध्यक्ष ओजेश सिंहले भूकम्प पीडितको राहतका लागि भएका सहयोगबारे अवगत गराउंदै निर्माणाधिन पहिलो एनिमेटेड फिल्म द लिजेन्ड अफ संखधर सम्वन्धमा प्रकाश पारे ।

अध्यक्ष कपिल श्रेष्ठले निर्वाचित भएपछि समुदायको हितमा अझ क्रियाशिल हुने बताए । उनले सहयोगी सबैप्रति आभार समेत व्यक्त गरे । उक्त अवसरमा अध्यक्ष श्रेष्ठले संस्था र नेवार समुदायलाई उल्लेख्य योगदान गर्ने उपाध्यक्ष मेनका श्रेष्ठलाई सम्मान गरेका थिए । त्यस्तै सोआस युनिभर्सिटीमा नेपाल भाषा कक्षा सञ्चालन गरिरहेकी मेरिलिना प्रिसोनलाई नगद तीनसय ५० पाउण्डसहित रामेश्वर गुठी सिरपा अवार्ड प्रदान गरिएको थियो । उक्त अवार्ड श्रीमति रितादेवी सिंहले प्रदान गरेकी हुन् । कार्यक्रमको अन्त्यमा पासा पुच गुठी साउथ इष्ट लन्डनका अध्यक्ष सुशिल प्रजापतिले पासा पुच गुठी लन्डनलाई लाखे पोशाक उपहारका रुपमा प्रदान गरेका थिए ।

कार्यक्रममा पासा पुच गुठी यूकेका संस्थापक सदस्यहरु शशी मानन्धर, बालमुकुन्द जोशी र बोर्ड अफ ट्रष्टी अध्यक्ष महन्तबहादुर श्रेष्ठको पनि उपस्थिति थियो । साथै, पासा पुच गुठी साउथ इष्ट लन्डनका अध्यक्ष सुशिल कक्षपति, सांस्कृतिक सचिव अशोक अवाल र विनोद चिपालु, प्रमुख संरक्षक कुमार श्रेष्ठ एवं पासा पुच गुठी यूके रेडिङका अध्यक्ष सुदर्शन श्रेष्ठ पनि सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक