
लन्डन । यूकेले भिजिट भिजामा आउने विश्वभरका नागरिकका लागि नयां डिजिटल भिजा आवेदन सेवा शुरु गरेको छ ।
एक्सेस यूके मार्फत बेलायत घुम्न आउन चाहने विश्वका एकसय ८० देशका नागरिकका लागि दश भाषामा यस्तो डिजिटल सेवा शुरु गरिएको यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआइ) ले जानकारी दिएको छ । १९ अगष्टदेखि लागू यस्तो सेवा लिएर केही दिनमै ५ लाख बढिले भिजा आवेदन दिएको
यूकेभिआइले जनाएको छ ।
एक्सेस यूकेले भिजा फोर यूके वेवसाइटलाई विस्थापित गरेको हो । होम अफिसले सन् २०१४ मा चीनमा नयां डिजिटल आवेदन सेवा शुरुवात गरेको थियो । यसैको सफलतापछि यसलाई विश्वभर लागू गरिएको हो । अब जुनसुकै मोवाइल डिभाइसबाट समेत भिजा निवेदन दिन सकिने छ ।
यूके भिजा एण्ड इमिग्रेसनका इन्टरनेशनल भिजा अपरेसन्स् निर्देशक साइमन पिचेले नयां सेवाबारे अवगत गराउंदै गुणस्तरिय सेवामा कुनै सम्झौता नहुने बताएका छन् ।
भिजा आवेदन दिन चाहने ग्राहकका लागि छिटो, सहज तरिकाले सुविधा प्रदान गर्ने होम अफिसको प्रतिवद्धता अनुरुप नयां सेवा शुरु गरिएको सरकारको भनाइ छ ।
भिडियो हेर्नुहोस्ः
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते