
लन्डन । नेपलिज आर्टिष्ट असोसिएसन यूकेले बेलायतस्थित नेपाली
बालबालिकाबीच गर्न लागिएको एकल नृत्य प्रतियोगिताको तयारी तीव्र भइरहेको जनाएको छ । असोसिएसनले बालबालिकाभित्र रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले आगामी ४ सेप्टेम्बर दिउसो ह्यारो बरो फुटबल क्लवमा प्रतियोगिता गर्न लागेको हो ।
असोसिएसन अध्यक्ष अजय शेखर प्रधानले हाल बेलायतस्थित नेपाली संघसंस्था र अभिभावकहरुलाई बालबालिकाको सहभागिताका लागि अनुरोध भइरहेको जनाए । ‘तर, पर्याप्त आवेदन अझ आइसकेको छैन्’, प्रधानले भने, ‘बालबालिकाकै हितका लागि गर्न खोजिएको हो तर नेपाली अभिभावकहरुलाई कन्भिन्स गराउन अप्ठेरो रहेछ ।’
७ देखि ११ वर्ष र १२ देखि १६ वर्षका बालबालिकाबीच दुई क्याटगोरिजमा प्रतियोगिता गरिने आयोजकले जनाएका छन् । नृत्य नेपाली कला संस्कृति झल्कने खालको हुनुपर्ने नियम छ । प्रतियोगिताका लागि २५ पाउण्ड दर्ता शुल्क लाग्ने र अगष्ट अन्तिमसम्म आवेदन लिइने छ । आवेदन संघको इमेल [email protected] मा पठाउन सकिने छ ।
विजेतालाई आकर्षक पुरस्कार दिइने र फष्ट वीनरलाई म्यूजिक भिडियोमा खेलाइने असोसिएसनले जनाएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते