लन्डन । साउथ इष्ट लन्डनमा क्रियाशील स्थानीय नेपालीहरुको सामुदायिक संस्था चाल्टर्न नेपाली समाजले साधारणसभा मार्फत नयां कार्यसमिति चयन गरेको छ ।
चाल्टर्न मेरिडियन स्पोर्ट्स हल सभाकक्षमा आयोजित समाजको वार्षिक साधारणसभाले समाजको अध्यक्षमा यस अघि दुई कार्यकाल उपाध्यक्ष रहिसकेका टंक कंडेललाई निर्विरोध निर्वाचित गरेको छ । अध्यक्ष लगायत सिंगो कार्यसमिति नै सर्वसम्मत चयन गरिएको छ ।
उपाध्यक्षको एउटा पदमा कृष्ण खरेल र फुलप्रसाद कंडेलको उमेदवारी परेपनि तोकिएको समय पूर्व कंडेलले आपसी सहमतिमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सबै पद सर्वसम्मत छनौट गरिएको हो ।
कार्यसमितिमा उपाध्यक्ष कृष्ण खरेल, सचिवमा सुशील खरेल, कोषाध्यक्ष रेखा खरेल, सह सचिवमा हरि कुमार मल्ल र सदस्यहरुमा सुमित्रा रोक्का, गीता न्यौपाने, सिता अर्याल, आनन्द लोहनी र माधव श्रेष्ठ चुनिएका छन् ।
चयन पश्चात कार्यसमितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका अध्यक्ष होम शर्माले प्रमाणपत्र वितरण गरेका थिए । निर्वाचित सदस्यहरुलाई निर्वाचन समितिकै दाशु पाण्डेले पद तथा गोपनियताको शपथ गराएका थिए । समाजको निर्वाचन सम्पन्न गर्न होम शर्माको अध्यक्षतामा दाशु पाण्डे, नरेन्द्र कंडेल, एल एन पाण्डे र रेशम अर्याल सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो ।
अध्यक्ष निर्वाचित भएपछि कंडेलले आफूले समाजका सदस्य, अग्रज तथा सल्लाहकारहरुको सल्लाहमा अघि बढ्ने प्रतिवद्धता जाहेर गरेका थिए । समारोहमा उपस्थित सामाजिक व्यक्तित्वहरुले नयां कार्यसमितिलाई शुभकामना दिए ।
निर्वाचन प्रक्रिया पूर्वको सेसनमा निर्वतमान अध्यक्ष रोमनाथ पाण्डेको अध्यक्षतामा वार्षिक साधारणसभाको औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । सचिव टि एन रिजालले सञ्चालन गरेको उक्त सत्रमा विभिन्न
वक्ताहरुले शुभकामनासहित समाजको महत्वमाथि प्रकाश पार्दै यसपूर्वको कार्यसमितिका क्रियाकलापको मुक्तकण्ठले प्रशंसा गरेका थिए । शुभकामना दिने क्रममा एनआरएनए यूके उपाध्यक्ष दाशु पाण्डे, पशुपति मन्दिर समितिका अध्यक्ष बालजंग अर्याल, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजन कंडेल, समाजका सल्लाहकार नवीन सापकोटा, सिता अर्याल लगायतले बोलेका थिए ।
यसैगरी सोही अवधिमा कोषाध्यक्ष कृष्ण खरेलद्वारा आर्थिक प्रतिवेदन र सचिव टि एन रिजालले प्रस्तुत गरेको कार्यसमितिको प्रतिवेदनलाई साधारणसभा बाट पारित गरिएको थियो ।
पहिलो सत्रको कार्यक्रमको समापन सम्बोधन गर्दै अध्यक्ष रोमनाथ पाण्डेले आफ्नो कार्यकाल सफल पार्न लागिपर्ने कार्यसमिति, सल्लाहकार तथा समाजका सदस्यहरुप्रति आभार व्यक्त गरेका थिए । साथै उनले निर्वाचन उन्मुख नयां कार्यसमितिलाई सफलताको शुभकामना दिंदै समाज
प्रतिको आफ्नो सहयोग र सहकार्य सदैव रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सामाजिक सक्रियताको हिसाबले चाल्टर्न समाजलाई बेलायतमा एक उदाहरणीय संस्थाको रुपमा चिनिन्छ । समाजले शुरु गरेर सफल सञ्चालनमा ल्याएको केटाकेटीहरुको नेपाली भाषा कक्षा कार्यक्रम लर्न नेपाली प्रोग्राम बेलायतमा अनुकरणीय छ ।
सन् २०११ मा स्थापना भएको चाल्टर्न नेपाली समाजका संस्थापक अध्यक्ष सुरज केसी हुन् ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप