लन्डन । नेपाली सिनेमाको बेलायत प्रदर्शन नौलो होइन । बन्ने बित्तिकै व्यवसायिक प्रयोजनका लागि यूके आइपुग्छन् फिल्म । तर कम्युनिटी हल, रेष्टुरेन्ट वा अन्यत्र सामान्य प्रोजेक्टरमा देखाइने परम्परा अन्त्य गर्दै नेपाली युवाले फिल्म ‘गाजलु’ सिने वर्ल्डमा प्रदर्शन गरे । अल्डरसटको विशेष प्रिमियरपछि यही अगष्ट २६, २७ र २८ मा यूकेका १० वटा सिने वल्र्ड हलमा ‘गाजलु’ देखाउने योजना छ । चिस्विक लन्डन मुख्यालय रहेको सिने वर्ल्ड युरोपमा दोश्रो ठूलो सिनेमा अपरेटर मानिन्छ जसका ९ शहरमा २ हजार सिनेमा हल छन् ।
इन्टरनेशनल नेपाली फिल्म एकेडेमी र इन्टेक १९८५ ले ‘गाजलु’ प्रदर्शन गरेका हुन् । शोका लागि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ परिवारसहित उपस्थित थिइन् । यसअघि २९ मेमा पनि उक्त फिल्मको वर्ल्ड प्रिमियर भइसकेको थियो तर सिने वल्र्ड प्रदर्शनका लागि डेढ साता समय निकालेर सृष्टि फेरि होम टाउन आएकी हुन् । हाउसफूल शोमा निक्कै हंसिली देखिएकी उनी भन्दै थिइन्, ‘मेरो पहिलो फिल्म हलिउड बलिउड सरह प्रदर्शन भएकामा ज्यादै उत्साहित छु । यसले नेपाली सिनेमा अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने एउटा उदाहरण प्रस्तुत गरेको छ ।’ अहिले सिनेमा र रंगमञ्चमा एकसाथ रमाइरहेकी सृष्टिले नयां फिल्मका लागि सम्झौता गरिसकेको पनि जनाइन् ।
फिल्म प्रदर्शनमा स्थानीय मेयरेस् र बेलायतस्थित नेपाली चलचित्रकर्मीको उत्साहजनक उपस्थिति थियो । अलिक टाढा फोकस्टोन केन्टबाट प्रदर्शनमा आइपुगेकी मेकअप आर्टिष्ट बिना राईले नेपाली फिल्म सिने वर्ल्डमा हेर्न पाउंदा ज्यादै गर्व लागेको अनुभव सांटिन् । ‘इच्छा शक्ति भए नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा लैजान नसकिने होइन रहेछ’, उनले भनिन् ।
कुमारीको कथामा आधारित छ ‘गाजलु’ । हेमराज बिसी निर्देशित उक्त फिल्ममा सृष्टि, अनमोल केसी, गौरब पहारी, सलोन बस्नेत, मेनुका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल, विश्व बस्नेत, ऋतिक शाही आदिले अभिनय गरेका छन् ।
सबै तस्विरः के के मूभिज
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा