लन्डन । नेपाली सिनेमाको बेलायत प्रदर्शन नौलो होइन । बन्ने बित्तिकै व्यवसायिक प्रयोजनका लागि यूके आइपुग्छन् फिल्म । तर कम्युनिटी हल, रेष्टुरेन्ट वा अन्यत्र सामान्य प्रोजेक्टरमा देखाइने परम्परा अन्त्य गर्दै नेपाली युवाले फिल्म ‘गाजलु’ सिने वर्ल्डमा प्रदर्शन गरे । अल्डरसटको विशेष प्रिमियरपछि यही अगष्ट २६, २७ र २८ मा यूकेका १० वटा सिने वल्र्ड हलमा ‘गाजलु’ देखाउने योजना छ । चिस्विक लन्डन मुख्यालय रहेको सिने वर्ल्ड युरोपमा दोश्रो ठूलो सिनेमा अपरेटर मानिन्छ जसका ९ शहरमा २ हजार सिनेमा हल छन् ।
इन्टरनेशनल नेपाली फिल्म एकेडेमी र इन्टेक १९८५ ले ‘गाजलु’ प्रदर्शन गरेका हुन् । शोका लागि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ परिवारसहित उपस्थित थिइन् । यसअघि २९ मेमा पनि उक्त फिल्मको वर्ल्ड प्रिमियर भइसकेको थियो तर सिने वल्र्ड प्रदर्शनका लागि डेढ साता समय निकालेर सृष्टि फेरि होम टाउन आएकी हुन् । हाउसफूल शोमा निक्कै हंसिली देखिएकी उनी भन्दै थिइन्, ‘मेरो पहिलो फिल्म हलिउड बलिउड सरह प्रदर्शन भएकामा ज्यादै उत्साहित छु । यसले नेपाली सिनेमा अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने एउटा उदाहरण प्रस्तुत गरेको छ ।’ अहिले सिनेमा र रंगमञ्चमा एकसाथ रमाइरहेकी सृष्टिले नयां फिल्मका लागि सम्झौता गरिसकेको पनि जनाइन् ।
फिल्म प्रदर्शनमा स्थानीय मेयरेस् र बेलायतस्थित नेपाली चलचित्रकर्मीको उत्साहजनक उपस्थिति थियो । अलिक टाढा फोकस्टोन केन्टबाट प्रदर्शनमा आइपुगेकी मेकअप आर्टिष्ट बिना राईले नेपाली फिल्म सिने वर्ल्डमा हेर्न पाउंदा ज्यादै गर्व लागेको अनुभव सांटिन् । ‘इच्छा शक्ति भए नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा लैजान नसकिने होइन रहेछ’, उनले भनिन् ।
कुमारीको कथामा आधारित छ ‘गाजलु’ । हेमराज बिसी निर्देशित उक्त फिल्ममा सृष्टि, अनमोल केसी, गौरब पहारी, सलोन बस्नेत, मेनुका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल, विश्व बस्नेत, ऋतिक शाही आदिले अभिनय गरेका छन् ।
सबै तस्विरः के के मूभिज
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन