
लन्डन । आउंदो आइतबार हुन लागेको आठौं नेपाली मेलामा ३० बढि नेपाली संघ संस्था सहभागी हुने निश्चित भएको छ । शनिबार केम्पटेन पार्क रेस कोर्समा आयोजित पत्रकार सम्मेलनमा आयोजक तमुधिं यूकेले उक्त जानकारी दिएको हो ।
केम्पटेन पार्क रेस कोर्समा हुन लागेको उक्त मेलामा नेपाली दूतावाससहित अफगानिस्तान, मेसोडोनिया, म्यानमार, मंगोलिया, गोयना, श्रीलंका, सेसेली, लाओस लगायत १५ देशका डिप्लोमेटहरु (चार्ज डि अफेयर्ससहित) सहभागी हुने मेला संयोजक नन्दजंग गुरुङले जानकारी दिए ।
मेलाको प्रमुख अतिथी कार्यवहाक राजदूत शरद राज आरन हुनेछन् भने अन्य २०० जना विशिष्ठ व्यक्तित्व अतिथीका रुपमा सहभागी हुने अपेक्षा छ । लन्डन मेयर सादिक खानले भने मेलामा उपस्थित हुन नसक्ने जानकारी दिएका छन् । लन्डनस्थित नेपाली दूतावासले पनि मेलामा प्रत्यक्ष साथ दिंदैछ ।
नेपाली कला, संस्कृति झल्कने उक्त मेलाका लागि कम्तीमा तीस हजार पाउण्ड खर्च हुने आयोजकले जनाएका छन् । दर्शक सहभागिता ७ हजार माथि हुने अपेक्षा छ । मेला प्रवेश शुल्क ५ पाउण्ड तोकिएको छ भने १२ वर्ष मुनिकालाई ३ पाउण्ड, कार पार्क ५ पाउण्ड, कोच पार्क १० पाउण्ड लिइने आयोजकले जनाएका छन् । यसपटक मेलामा युवालाई बढि सहभागिता गराउने लक्ष्य छ । तमुधिं यूकेले मेला आयोजना गरे पनि यो सबैको साझा भएको आयोजकले जनाएका छन् ।
मेलामा खाना र च्यारिटीका स्टल, म्यूजिक कन्सर्ट, ट्होटे पर्व, ब्रिगेड अफ गोर्खाज प्रस्तुति, राफल ड्र आदि प्रमुख आकर्षण हुनेछन् । राफल ड्रको पहिलो पुरस्कार ट्राभल कन्सोलका बिराज भट्टले नेपाल जाने आउने हवाइ टिकेट प्रायोजन गरिदिने भएका छन् भने अन्य पुरस्कारहरु ल्यापटप, ट्याबलेट राखिएको छ ।
मेलामा उत्कृष्ट झांकी प्रस्तुत गर्ने संस्थालाई एम्बासडर कपसहित पुरस्कृत गर्ने तमुधिं यूकेको योजना छ । डान्स र झांकी दुवैबाट उत्कृष्ट प्रदर्शन गर्ने संस्थालाई एम्बासडर कप दिइनेछ । ६ जना सम्मिलित निर्णायक टिमले झांकी विजेता निर्धारण गर्नेछ ।
महासचिव हरि गुरुङले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष रामचन्द्र गुरुङले मेलामा सहभागी भएर सफल पारिदिन सबैमा आग्रह गरे । पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञाम गुरुङ लगायत सहभागी थिए । पत्रकार सम्मेलन अघि तमुधिं यूकेको तयारी बैठक भएको थियो ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप