
लन्डन । आउंदो आइतबार हुन लागेको आठौं नेपाली मेलामा ३० बढि नेपाली संघ संस्था सहभागी हुने निश्चित भएको छ । शनिबार केम्पटेन पार्क रेस कोर्समा आयोजित पत्रकार सम्मेलनमा आयोजक तमुधिं यूकेले उक्त जानकारी दिएको हो ।
केम्पटेन पार्क रेस कोर्समा हुन लागेको उक्त मेलामा नेपाली दूतावाससहित अफगानिस्तान, मेसोडोनिया, म्यानमार, मंगोलिया, गोयना, श्रीलंका, सेसेली, लाओस लगायत १५ देशका डिप्लोमेटहरु (चार्ज डि अफेयर्ससहित) सहभागी हुने मेला संयोजक नन्दजंग गुरुङले जानकारी दिए ।
मेलाको प्रमुख अतिथी कार्यवहाक राजदूत शरद राज आरन हुनेछन् भने अन्य २०० जना विशिष्ठ व्यक्तित्व अतिथीका रुपमा सहभागी हुने अपेक्षा छ । लन्डन मेयर सादिक खानले भने मेलामा उपस्थित हुन नसक्ने जानकारी दिएका छन् । लन्डनस्थित नेपाली दूतावासले पनि मेलामा प्रत्यक्ष साथ दिंदैछ ।
नेपाली कला, संस्कृति झल्कने उक्त मेलाका लागि कम्तीमा तीस हजार पाउण्ड खर्च हुने आयोजकले जनाएका छन् । दर्शक सहभागिता ७ हजार माथि हुने अपेक्षा छ । मेला प्रवेश शुल्क ५ पाउण्ड तोकिएको छ भने १२ वर्ष मुनिकालाई ३ पाउण्ड, कार पार्क ५ पाउण्ड, कोच पार्क १० पाउण्ड लिइने आयोजकले जनाएका छन् । यसपटक मेलामा युवालाई बढि सहभागिता गराउने लक्ष्य छ । तमुधिं यूकेले मेला आयोजना गरे पनि यो सबैको साझा भएको आयोजकले जनाएका छन् ।
मेलामा खाना र च्यारिटीका स्टल, म्यूजिक कन्सर्ट, ट्होटे पर्व, ब्रिगेड अफ गोर्खाज प्रस्तुति, राफल ड्र आदि प्रमुख आकर्षण हुनेछन् । राफल ड्रको पहिलो पुरस्कार ट्राभल कन्सोलका बिराज भट्टले नेपाल जाने आउने हवाइ टिकेट प्रायोजन गरिदिने भएका छन् भने अन्य पुरस्कारहरु ल्यापटप, ट्याबलेट राखिएको छ ।
मेलामा उत्कृष्ट झांकी प्रस्तुत गर्ने संस्थालाई एम्बासडर कपसहित पुरस्कृत गर्ने तमुधिं यूकेको योजना छ । डान्स र झांकी दुवैबाट उत्कृष्ट प्रदर्शन गर्ने संस्थालाई एम्बासडर कप दिइनेछ । ६ जना सम्मिलित निर्णायक टिमले झांकी विजेता निर्धारण गर्नेछ ।
महासचिव हरि गुरुङले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष रामचन्द्र गुरुङले मेलामा सहभागी भएर सफल पारिदिन सबैमा आग्रह गरे । पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञाम गुरुङ लगायत सहभागी थिए । पत्रकार सम्मेलन अघि तमुधिं यूकेको तयारी बैठक भएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा