
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को एक कार्यकाल एक परियोजनाका लागि कार्यसमितिबाटै चारहजार पाउण्ड संकलन हुने भएको छ । गत आइतवार बसेको संघको कार्यसमिति बैठकले कार्यसमितिका प्रत्येक सदस्यले कम्तिमा १०१ पाउण्ड प्रदान गर्ने निर्णय गरेको हो । महासचिव विजय बिक्रम लिङदेनले वर्तमान कार्यकालकै सबैभन्दा महत्वाकांक्षी योजना सिरिसे स्कूल पुनर्निर्माण योजनाका लागि कार्यसमितिका प्रत्येक सदस्यले कम्तिमा १०१ पाउण्ड प्रदान गरी प्रायोजकको भूमिका निर्वाह गर्न सकिने भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ ।
बैठकले गरेको उक्त निर्णय बमोजिम कार्यसमितिका जम्मा ३५ जना सदस्यले न्यूनतम १०१ पाउण्ड प्रदान गर्ने भएका छन् । त्यस्तैगरी उपाध्यक्ष राष्ट्र राईले बैठकले तोकेको न्यूनतम प्रायोजक रकमभन्दा बढी १५० पाउण्ड दिने प्रतिवद्धता जाहेर गरेका छन् भने च्यारिटी विभागका संयोजक सनत गुरुङ, उपाध्यक्ष योगकुमार फगामी र सदस्य राजेश पाठक प्रत्येकले २०१ पाउण्ड प्रदान गर्ने भएका छन् । अध्यक्ष मुछेत्र गुरुङ र प्रवक्ता एवं परियोजनाका संयोजक खुशी लिम्बु दुबैबाट आआफ्नो सहयोग रकम कबुल गर्न बांकी छ । यसबाट एनआरएनए यूकेको कार्यसमितिबाटै झण्डै चारहजार पाउण्ड संकलन हुने जानकारी एनआरएनए यूकेका कार्यवाहक प्रवक्ता मिलन गुरुङले जानकारी दिए । प्रायोजक र अन्य दाताहरु लगायत टिकट बिक्रीबाट तीस लाख संकलन गर्ने लक्ष्य राखेको एनआरएनए यूकेले आगामी सेप्टेम्बर २४ तारिख अल्डरसटस्थित किङस सेन्टरमा एक च्यारिटी डिनर गर्दैछ । प्रवक्ता एवं परियोजनाका संयोजक खुशी लिम्बुले उक्त च्यारिटी डिनरमा सहभागी भएर सहयोग गरिदिन सबैमा अपिल गरेका छन् ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप