
लन्डन । पशुपतिनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन कार्यक्रम हुने भएको छ । आगामी अगस्ट १८ तारिख बिहीवार हिन्दूहरुको पवित्र पर्व रक्षा वन्धन तथा जनै पूर्णिमाको अवसरमा विशेष कार्यक्रम हुने भएको हो । मन्दिर व्यवस्थापन समितिले उक्त दिनमा जनै तथा रक्षा वन्धन ग्रहण गर्न इच्छुक सबैलाई बिहान ८ देखि दिनको १ बजे सम्म मन्दिरमा उपस्थित हुन आवहान गरेको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालजंग अर्यालका अनुसार मन्दिर आवद्ध पण्डितहरुबाट रक्षा वन्धनको अवसरमा बिहानै देखि रुद्राभिषेक पूजासहित जनै पुजन तथा मन्त्रोचारणको बिशेष पूजाआजा सञ्चालन हुने छ । पूजित रक्षा वन्धन तथा जनै वितरण ८ बजे देखि शुरु गरिने जानकारी मन्दिर व्यवस्थापनले दिएको छ । मन्दिर व्यवस्थापन समितिका महासचिव अर्जुन गौतमले मन्दिरमा आयोजित रक्षा वन्धन कार्यक्रममा सहभागिताका लागी आफ्नो मातहतका साथीभाईहरुलाई सुसुचित गर्न सबैमा आग्रह गरिएको जनाएका छन् ।
साउथ इष्ट लन्डनको प्लमस्टेडमा नेपालीहरुकै पहलमा स्थापित पशुपति मन्दिरले विगतका वर्षहरुमा समेत रक्षा वन्धन, तीज, दशैँ, शिवरात्री लगायतका पर्वहरुमा बिशेष पूजाआजा गर्दै आएको छ ।
रक्षा वन्धनको दिन हिन्दू धर्मालम्बीहरुले परम्परागत रुपमा रक्षा वन्धनको रुपमा पूजिएको डोरो बाँध्ने तथा जनै पहिरेर धार्मिक कर्म प्राप्तिको मार्गमा पुनर्जागरुक हुने पावन दिनको रुपमा जनै पूर्णिमा मनाउने परम्परा रहिआएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा