
सङ्घीय समाजवादी आसफोर्ड शाखामा सुब्बा
लण्डन । नेपाली सङ्घीय समाज आसफोर्ड शाखाको प्रथम अधिवेशनले विनोद सुब्बालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
गत १४ अगष्ट २०१६ का दिन भएकाे साे अधिवेसनले उपाध्यक्षमा प्रश्न राई, सचिवमा अमित थेवे, कोषाध्यक्षमा मनबहादुर माबोहाँङ चयन गरेकाे छ भने सदस्यहरुमा क्रमशः जितेन्द्र चेम्जोङ, डम्बर खजुम, असई राई, देवराज राई, पपीराज राई र राम राई रहेका छन् । सल्लाहकारहरुमा शाखाका पूर्व अध्यक्ष जीवन कुमार राई, राजेन्द्र खिम्दिङ, दिल सम्बाहाम्फे र विश्वासहाँङ खेवाहाँङ चयन भएका छन ।
नवंनिर्वाचित पदाधिकारीहरुलाई केन्द्रीय बैकल्पिक सदस्य भगवान चाम्लिङले शपथ खुवाएका थिए भने तमुवान प्रदेश समिति युके इन्चार्ज तथा सल्लाहकार कमल गुरुङले वैकल्पिक शक्तिको रुपमा स्थापित सङ्घीय समाजवादी फोरम, नेपाललाई अझ ब्यापक विस्तार गर्नुपर्ने विचार राखे । त्यस्तै, युके राष्ट्रिय समितिका उपाध्यक्ष राजेन्द्र खिम्दिङले लिम्बुवान, खम्वुवान, तमुवान लगायतको राज्यहरु प्राप्तिको निम्ति राष्ट्रिय शक्ति सङ्घीय समाजवादी फोरम नेपालबाट मात्र सम्भव रहेको र क्षेत्रिय पार्टीहरुबाट सम्भव नदेखिएको बताए । युके समितिका महासचिव विश्वासहाँङ खेवाहाँङले चाडै नै अन्य शाखाहरु पनि विस्तार गर्ने साथै लिम्बुवान प्रदेश समिति निर्माण गरिने जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष सुब्बाले आफूले जाने र सकेजति, बलबुंताले भ्याएसम्म न्याय र समानताको लागि काम गर्ने प्रतिबद्धता जाहेर गर्दै सबैबाट सहयोगको अपेक्षा गरे । निवर्तमान अध्यक्ष जीवनप्रकाश राईले आफ्नो नेतृत्वमा रहेको समितिको विघटन घोषणा लगतै नयाँ नेतृत्व चयनको प्रकृया अघि बढेको थियो । नयाँ नेतृत्वको घोषणा, शपथ र प्रतिबद्धतापछि अधिवेशनको समापन निवर्तमान अध्यक्ष राईले गरेका थिए ।
सङ्घीय समाजवादी फोरम, नेपालको प्रवास अंग सङ्घीय नेपाली समाज युकेको विभिन्न ६ शाखा छन र आगामी २५ सेप्टेम्बर का दिन दोस्रो राष्ट्रिय महाधिवेशन लण्डन नजिक अल्डरसटमा हुँदैछ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक