बुधबार, माघ ७ २०७७ | Wed, January 20, 2021
नेपालको समय: ०९:४५ | UK Time: 04:00

विश्व साइकल यात्रीलाई रसमाेरमा स्वागत

वीनेपाली
२०७३ साउन ३१ गते २३:१५

Rushmoor

लण्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटीले विश्व साइकलयात्री लाेकबन्धु कार्की र जनार्दन खनाललाई फानबरो, अल्डरसट, क्याम्बर्ली क्षेत्रमा घुमाउनुका साथै शुभकामना प्रदान गरेकाे छ ।

११ अगस्टका दिन साइकलयात्रीहरूलाई साे क्षेत्रका नेपालीहरूले भेटी शुभकामना दिएका थिए भने यात्रा पूरा गर्न केही आर्थिक सहयोग पनि गरेका थिए । साँझ ग्रेटर रशमोर नेपाली कम्युनिटीका पदाधिकारीहरू र अन्य गन्यमान्य ब्यक्तिहरूको सहभागितामा रात्रीभाेज अायाेजना गरिएकाे थियाे । कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापाकाे अध्यक्षतामा भएकाे साे कार्यक्रमकाे सन्चालन महासचिव रन्जीता मल्लले गरेकी थिइन भने विशेष अतिथिहरूमा एनअारएन अाइसिसी सदस्य शुस्मा राई र ग्रेटर रशमोर नेपाली कम्युनिटीका सल्लाहकार थर्क सेन थिए । हल र खानपिनको बन्दोबस्त ग्रेटर रशमोर नेपाली कम्युनिटीका सल्लाहकार सेर सुनारले गरेका थिए ।

अध्यक्ष थापाले साइकलयात्रीहरूकाे यात्रा उद्देश्यअनुरूप सफल रहोस भन्ने कामना गरेका थिए । आफ्नो ब्यस्तताको बावजूद पनि समय निकालेर रशमोरबासीहरूले बाटो बाटोमा हौसला, आर्थिक सहयोग दिएकाेमा साइकलयात्रीहरूले सबैलाई धन्यबाद दिएका थिए ।

“पूरै पृथ्वी एउटै घर, सबै मान्छे एउटै मानव” भन्ने नारा लिएर नेपाली पोशाक, राष्ट्रिय झण्डा र शान्तिकाे झण्डाका साथ सगरमाथा नेपालमा छ, भगवान बुद्ध नेपालमा जन्मेका हुन भन्दै ११ वर्ष ८ महिनामा उनीहरू बेलायत अाइपुगेका हुन । उनीहरूले अहिलेसम्म १३० देशकाे भ्रमण गरिसकेका छन् ।  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक