लन्डन । बेलायतमा स्थापित पुरानो संस्था कोशेली नेपाली सांस्कृतिक परिवार यूकेले आफ्नो ३० औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । लन्डनस्थित सडबरी प्राइमरी स्कुल हलमा शनिबार सांझ कार्यक्रम भएको हो ।
कोशेली अध्यक्ष अमृत गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथी कार्यवहाक राजदूत शरदराज आरन, विशेष अतिथीहरु यती वेलफेयर फाउन्डेसनका संस्थापक अध्यक्ष डा. राघवप्रसाद धिताल (ओबिइ), ब्रेन्ट काउन्सिलर भगवान जी चौहान र कोशेली संस्थापक अध्यक्ष मदन थापाले सम्वोधन गर्दै कोशेलीको संस्कृति जगेर्नामा रहेको योगदानको प्रशंसा गरे ।
कोशेली अध्यक्ष गुरुङले बेलायतमा हुर्किंदै गरेको नयां पुस्तालाई नेपाली कला, संस्कृति र परम्परा हस्तान्तरण नगर्ने हो भने बेलायतमा नेपालीको अस्तित्व मेटिने चिन्ता व्यक्त गर्दै संस्थाको जन्म देखिकै मुल उद्देश्य यही रहेको बताए ।
सयौं सहभागी उक्त कार्यक्रममा बेलायत र नेपालको राष्टिय गीत बजाइएको थियो । कार्यक्रमलाई महन्त श्रेष्ठ, बिराज भट्ट, गोपाल मानन्धर, मनिषा डंगोल श्रेष्ठ, मिन दर्लामी, ओम तामाङले प्रायोजन गरेका थिए । पहिलो चरणको कार्यक्रम पुरन थापाले सञ्चालन गरेका थिए ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम मिरुना थापा मगरले गरेकी थिइन् जसमा राज सिंहले जहां छन् बुद्धका आंखा…गीत गाए । त्यसैगरि, अन्जु श्रेष्ठले उकाली ओरालीहरुमा र अध्यक्ष अमृत गुरुङले सांझ पख नहिंड्ने संगिनी बोलको गीत गाएका थिए । रिभाले फूलको आंखामा फूलै संसार, प्रिसाले चौबन्दीमा पटुकी, पूर्णले छुंदैन तिम्रो मायांले, शर्मिला र निश्चलले हे कान्छा ठट्टैमा… नेपालबाट आएका अन्जना गुरुङ र कन्हैया सिंहले पनि केही गीत गाएर मनोरन्जन दिए ।
उक्त अवसरमा रिमा, रिभा, गृष्मा, श्रेया र निसाले सिरैमा शिरबन्दी गीतमा नाचे भने जियाले नेवारी गीत लिक्का वायामा नाचेकी थिइन् । त्यस्तै, दिया, सब्रिना, ओसन, सिद्धार्थ, गौरभ र जिजुले चौबन्दीमा बुनेको सुर्खे थैली खै…बोलको गीतमा नाच देखाए भने कृषा, नम्रता, खुशी र सरुले कम्मर माथि पटुकी…मा आकर्षक नृत्य प्रस्तुत गरे ।
तीज आयो दर खाने…गीतमा रुबी, सिल्भी, कल्पना, दुर्गा, भावना, प्रिसा, रिता, निसा र सुजाताले नृत्य देखाएका थिए । नम्रता, सरु, समिक्षा, जेनिसा, खुशी, सुमिरा, अलिजा, कविन, कृषा, जिजु, ओसन, दिया, सब्रिना, सिद्धार्थ र गौरभले नेपाली गीतमा सामूहिक नृत्य देखाए । कार्यक्रम संयोजन शर्मिला सिंहले गरेकी थिइन् ।
तस्विरहरुः ओमकार गुरुङ
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार