लन्डन । यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेसमा नयां नेतृत्व चयन भएको छ । आइतबार अध्यक्ष भिम (महेन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न संस्थाको साधारणसभाले किशोर गुरुङको अध्यक्षतामा तेश्रो नयां कार्यसमिति चयन गरेको हो । उक्त समितिको कार्यकाल दुई वर्ष हुनेछ ।
नयां कार्यसमितिको उपाध्यक्षमा सुक गुरुङ, महासचिव लोक गुरुङ, सहसचिव बिसन गुरुङ, कोषाध्यक्ष यमकुमार गुरुङ, सहकोषाध्यक्ष गंगा गौचन, कल्चरल सेक्रेटरी दिपु गुरुङ र ध्रुव दत्त तथा सदस्यहरुमा गोकुल गुरुङ, लाल (रचित) कुंवर, कबल सिंह राई, प्रणय गुरुङ, विनोद अकाउलिया, कविता पुन, सविता पुन, सुमी गुरुङ र अनिता लिम्बु छन् । साधारणसभाले हिराधन राई लगायतलाई सल्लाहकार चुनेको छ । कोचहरुमा गंगा गुरुङ, सुक गुरुङ, बिसन गुरुङ र लाल (रचित) कुंवर छन् ।
निर्वाचन समितिमा गंगा गुरुङ र मास्टर ह्यारी गुरुङ थिए ।
उक्त अवसरमा यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेसले हालै गरेको मिस्टर यूके नेपाल प्रतियोगिताका लागि आएका प्रमुख प्रशिक्षक मिस्टर नेपाल सानु गुरुङलाई विदाइ र उक्त प्रतियोगिताका विजेतालाई सम्मान समेत गरिएको थियो । केही साताअघि सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा आयोजित प्रतियोगितामा ४० वर्ष नाघेकाकोबीच भएको मास्टर क्याटेगोरीमा ५६ वर्षीय कबलसिंह राई प्रथम, ५५ वर्षीय उमेशकुमार पुन द्वितीय र ४५ वर्षीय गंगाबहादुर गौचन तृतीय भएका थिए भने ओभर अल क्याटेगोरीमा लाल (रचित) कुंवर वीनर, प्रणय गुरुङ दोश्रो र तेश्रो स्थान विनोद अकाउलियाले जितेका थिए । संस्थाका सल्लाहकार तथा एनआरएनए यूके उपाध्यक्ष हिराधन राईले विजेतालाई सम्मान र मिस्टर नेपाल सानु गुरुङलाई विदाइ गर्दै मायाको चिनो प्रदान गरे ।
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप