लण्डन । नखिपोट ब्याडमिण्टन सर्कल (एनबीए) युकेको समर भेला ब्याडमिण्टन खेलका साथ सम्पन्न भएको छ ।
१० अगष्टमा सम्पन्न सो भेलाको पहिलो चरणमा आस स्पोर्टस सेन्टरमा समूहगत ब्याडमिण्टन खेल खेलाइएको थियो । खेलाडीलाई चिया कफी र फलफूलहरुको ब्यवस्था अध्यक्ष कृष्णा पुन र उपाध्यक्ष प्रेम गुरुङले गरेका थियो भने सोको व्ययभार निर्मल श्रीश र चन्द्र रानाले बेहोरेका थिए ।
ब्यानरको प्रायोजन अध्यक्ष कृष्णा पुनले गरेकी थिइन् । सल्लाहकार नारायण कोन्मेले युएस नेभीले प्रयोग गर्ने लाउड हिलरको स्पोन्सर गरेका थिए ।
दोस्रो चरणमा अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा औपचारिक कार्यक्रम गरिएको थियो । अध्यक्ष कृष्णा पुनको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन महासचिव निर्मला थापाले गरेकी थिइन् भने प्रमुख अतिथि संस्थापक सल्लाहकार नारायण कोन्मे गुरुङ रहेका थिए । उपाध्यक्ष प्रेम गुरुङले स्वागत मन्तब्य व्यक्त गरेको सो कार्यक्रममा नयाँ सदस्यहरु, विभिन्न प्रतियोगितामा विजेता बनेकाहरुलाई बधाई ज्ञापन र पुरस्कृत गरिएको थियो ।
सर्कलको नयाँ सदस्यका रुपमा अल्डरसट ‘ख’ मा नेत्र गुरुङ, अल्डरसट ‘ग’ मा लोक थापा, अल्डरसट ‘घ’ मा रामु लिम्बु, नुनेटन ‘ङ’ मा मेख गुरुङ, नुनेटन ‘च’ मा भुवन गुरुङ र मिलनचन्द्र राईलाई स्वागत गरिएको थियो ।
समर भेटघाटका लागि अध्यक्ष कृष्णा पुन, उपाध्यक्ष प्रेम गुरुङ, महासचिव निर्मला थापा, सचिव कुमार राई, कोषाध्यक्ष खेम लिम्बु, सदस्य मिलनचन्द्र राई, सदस्य कृष्ण थेबे, संस्थापक सल्लाहकार नारायण काेन्मे गुरूङ, सदस्य दुत गुरुङ र ननिटन ब्याडमिण्टन क्लवबाट ५०/५० पाउण्ड स्पोन्सर गरिएको थियो । यस्तै भेटघाट रेष्टुरेन्टले खेलका लागि २ रोल कक स्पोन्सर गरेको थियो ।
खेल संयोजक खेम लिम्बुबाट विजयी खेलाडीहरुको नाम वाचन गरिएको थियो ।
अन्त्यमा अध्यक्ष पुनले सबैको सहयोगबाट कार्यक्रम सफल भएको बताउँदै आगामी दिनमा ओपन प्रतियोगिता संचालन गर्न सकिने सम्भावना औँल्याइन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते