लण्डन । नखिपोट ब्याडमिण्टन सर्कल (एनबीए) युकेको समर भेला ब्याडमिण्टन खेलका साथ सम्पन्न भएको छ ।
१० अगष्टमा सम्पन्न सो भेलाको पहिलो चरणमा आस स्पोर्टस सेन्टरमा समूहगत ब्याडमिण्टन खेल खेलाइएको थियो । खेलाडीलाई चिया कफी र फलफूलहरुको ब्यवस्था अध्यक्ष कृष्णा पुन र उपाध्यक्ष प्रेम गुरुङले गरेका थियो भने सोको व्ययभार निर्मल श्रीश र चन्द्र रानाले बेहोरेका थिए ।
ब्यानरको प्रायोजन अध्यक्ष कृष्णा पुनले गरेकी थिइन् । सल्लाहकार नारायण कोन्मेले युएस नेभीले प्रयोग गर्ने लाउड हिलरको स्पोन्सर गरेका थिए ।
दोस्रो चरणमा अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा औपचारिक कार्यक्रम गरिएको थियो । अध्यक्ष कृष्णा पुनको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन महासचिव निर्मला थापाले गरेकी थिइन् भने प्रमुख अतिथि संस्थापक सल्लाहकार नारायण कोन्मे गुरुङ रहेका थिए । उपाध्यक्ष प्रेम गुरुङले स्वागत मन्तब्य व्यक्त गरेको सो कार्यक्रममा नयाँ सदस्यहरु, विभिन्न प्रतियोगितामा विजेता बनेकाहरुलाई बधाई ज्ञापन र पुरस्कृत गरिएको थियो ।
सर्कलको नयाँ सदस्यका रुपमा अल्डरसट ‘ख’ मा नेत्र गुरुङ, अल्डरसट ‘ग’ मा लोक थापा, अल्डरसट ‘घ’ मा रामु लिम्बु, नुनेटन ‘ङ’ मा मेख गुरुङ, नुनेटन ‘च’ मा भुवन गुरुङ र मिलनचन्द्र राईलाई स्वागत गरिएको थियो ।
समर भेटघाटका लागि अध्यक्ष कृष्णा पुन, उपाध्यक्ष प्रेम गुरुङ, महासचिव निर्मला थापा, सचिव कुमार राई, कोषाध्यक्ष खेम लिम्बु, सदस्य मिलनचन्द्र राई, सदस्य कृष्ण थेबे, संस्थापक सल्लाहकार नारायण काेन्मे गुरूङ, सदस्य दुत गुरुङ र ननिटन ब्याडमिण्टन क्लवबाट ५०/५० पाउण्ड स्पोन्सर गरिएको थियो । यस्तै भेटघाट रेष्टुरेन्टले खेलका लागि २ रोल कक स्पोन्सर गरेको थियो ।
खेल संयोजक खेम लिम्बुबाट विजयी खेलाडीहरुको नाम वाचन गरिएको थियो ।
अन्त्यमा अध्यक्ष पुनले सबैको सहयोगबाट कार्यक्रम सफल भएको बताउँदै आगामी दिनमा ओपन प्रतियोगिता संचालन गर्न सकिने सम्भावना औँल्याइन् ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक