लण्डन । बेलायतको सबैभन्दा अग्लो हिमाल बेन नेभिसको चुुचुरोमा गत साता दुई दर्जन नेपालीहरुले नेपाली झण्डा फहराएका छन् ।
स्कटल्याण्डमा अवस्थित ४ हजार ४११ फिट अग्लो सो हिमालमा एकैदिन २३ जना नेपालीहरुले पाइला हालेका हुन् ।
यसरी आरोहण गर्नेहरुमा नेपाली मूलका काउन्सिलर डा. जगन्नाथ शर्मा, आचार्य मेदिनीपति मिश्र, आत्माराम दाहाल, डा. केशव दाहाल, विष्णु पौड्याल, लक्ष्मी शर्मा, अनिता दाहाल, ऋधुम्न दाहाल, मोहन, भारती, र सुभन शर्मा, सरोज नेपाल, अञ्जना, अंकिता, कोपिला दाहाल, दुष्यन्त, आरम्भ, शोभा, अस्मिता भट्टराई, भुपेश मिश्र, सुयश भट्टराई, चिरञ्जीवी पौड्याल लगायत थिए ।
सो टोलीले चुचुरोमा पुगेर नेपाली झण्डा फहराउनुका साथै नेपाली टोपी लगाई फोटो खिचेको थियो ।
बिहान ९ बजे शुरुभएको सो आरोहणका आरोहण दल सदस्यहरु बेलुका ८ बजे मात्र आधार शिविरमा फर्किन सफल भएका थिए । आधार शिविरमा २० डिग्री सेल्सियस तापक्रम रहेपनि शिखरमा भने ३ डिग्री रहेको थियो । सामान्यत शिखरमा १ डिग्रीभन्दा मुनी तापक्रम रहने गर्दछ ।
शिखरमा लामो समय रहन जाडोले कठिन हुन्छ । करिब एक घण्टा शिखरमा रहेका एक नेपालीले भने, –मेरो हात पूर्णरुपमा कठाग्रिंएको थियो । औँलाहरु चलाउन नसक्ने भएको थियो । अवतरण गर्न पनि चिप्लो बाटो र ढुंगाहरुका कारण गाह्रो थियो ।
आरोहणको संयोजन गरेका आत्माराम दाहाल म्याराथन धावकका साथै योग गुरु हुन् । उनले मोरक्को, फ्रान्स र धौलागिरीमा हिमाल आरोहण गरका छन् ।
बेन नेभिसमा हरेक वर्ष करिब २ लाख ५० हजार मानिसहरु आउने गर्दछन् । त्यसमध्ये १ लाख ५० हजारले सफलता पाउने गर्दछन् ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने