लण्डन । बेलायतको सबैभन्दा अग्लो हिमाल बेन नेभिसको चुुचुरोमा गत साता दुई दर्जन नेपालीहरुले नेपाली झण्डा फहराएका छन् ।
स्कटल्याण्डमा अवस्थित ४ हजार ४११ फिट अग्लो सो हिमालमा एकैदिन २३ जना नेपालीहरुले पाइला हालेका हुन् ।
यसरी आरोहण गर्नेहरुमा नेपाली मूलका काउन्सिलर डा. जगन्नाथ शर्मा, आचार्य मेदिनीपति मिश्र, आत्माराम दाहाल, डा. केशव दाहाल, विष्णु पौड्याल, लक्ष्मी शर्मा, अनिता दाहाल, ऋधुम्न दाहाल, मोहन, भारती, र सुभन शर्मा, सरोज नेपाल, अञ्जना, अंकिता, कोपिला दाहाल, दुष्यन्त, आरम्भ, शोभा, अस्मिता भट्टराई, भुपेश मिश्र, सुयश भट्टराई, चिरञ्जीवी पौड्याल लगायत थिए ।
सो टोलीले चुचुरोमा पुगेर नेपाली झण्डा फहराउनुका साथै नेपाली टोपी लगाई फोटो खिचेको थियो ।
बिहान ९ बजे शुरुभएको सो आरोहणका आरोहण दल सदस्यहरु बेलुका ८ बजे मात्र आधार शिविरमा फर्किन सफल भएका थिए । आधार शिविरमा २० डिग्री सेल्सियस तापक्रम रहेपनि शिखरमा भने ३ डिग्री रहेको थियो । सामान्यत शिखरमा १ डिग्रीभन्दा मुनी तापक्रम रहने गर्दछ ।
शिखरमा लामो समय रहन जाडोले कठिन हुन्छ । करिब एक घण्टा शिखरमा रहेका एक नेपालीले भने, –मेरो हात पूर्णरुपमा कठाग्रिंएको थियो । औँलाहरु चलाउन नसक्ने भएको थियो । अवतरण गर्न पनि चिप्लो बाटो र ढुंगाहरुका कारण गाह्रो थियो ।
आरोहणको संयोजन गरेका आत्माराम दाहाल म्याराथन धावकका साथै योग गुरु हुन् । उनले मोरक्को, फ्रान्स र धौलागिरीमा हिमाल आरोहण गरका छन् ।
बेन नेभिसमा हरेक वर्ष करिब २ लाख ५० हजार मानिसहरु आउने गर्दछन् । त्यसमध्ये १ लाख ५० हजारले सफलता पाउने गर्दछन् ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा