
लन्डन । बेलायतका नेपालीले ‘संघीय प्रदेश नम्बर ३ बेलायत नेपाल समाज’ गठनको तयारी गरेका छन् । नयां संविधानले नेपाललाई सात संघीय प्रदेशमा विभाजन गरिसकेको अवस्थामा भविष्यमा रुपान्तरित हुने प्रदेश ३ सरकारलाई बेलायतबाट रचनात्मक सुझाव सल्लाह दिन भन्दै त्यस्तो समाज गठन गर्न लागिएको हो । यसका लागि २५ सेप्टेम्बर बिहान लन्डनमा एउटा वृहत भेला डाकिएको छ ।
‘यो संस्था बेलायतका अरु ३ सय नेपाली संस्था जस्तो उद्देश्यले बन्ने छैन्’, भेलाको संयोजन गरिरहेका समाजसेवी इन्जिनियर राजकुमार त्रिपाठीले भने, ‘हामी बेलायतबाट प्रदेश ३ लाई उर्जा, अर्थतन्त्र, शिक्षा र अन्य क्षेत्रमा सुझाव सल्लाह र आफ्नो सीप दिन्छौं । बेलायतमा रहेका गन्यमान्य व्यक्तिले नै यसलाई नेतृत्व गर्दैछन् ।’ यस खालको नामाकरण र परिकल्पना आफूहरुको पहिलो भएको पनि त्रिपाठीको दावी छ ।
त्रिपाठीले उक्त भेलामा उपस्थित भएर रचनात्मक सुझाव सल्लाह दिन पनि आग्रह गरेका छन् । संघीय प्रदेश नम्बर ३ मा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपालचोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला पर्छन् । त्रिपाठीले उक्त जिल्लाका बेलायत बस्ने सबैलाई भेलामा आउन आग्रह गरे ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार