लण्डन । युकेका नेपाली व्यवसायीहरूकाे संस्था नेपलिज काेअपरेटिभ इन्भेष्टमेन्ट युकेले बेल्जियममा शाखा खाेल्ने भएकाे छ ।
साेकाे तयारीका लागि एनसिआइ युकेका अध्यक्ष मोहन गुरुङको नेतृत्वमा एक टाेली बेल्जियम पुगेका छ । साे टाेलीले एनआरएन बेल्जियमका पूर्व अध्यक्ष युबराज गुरुङ, आइसिसी सदस्य जानकी गुरुङ र वर्तमान उपाध्यक्ष पदम गुरुङ लगायतसँग छलफल गरेकाे छ । नेपाली समुदायलाई सामुहिक लगानीमार्फत आर्थिक तथा सामाजिक रुपमा लाभान्वित गर्न गराउन के कसरी सकिन्छ भन्ने विषयमा गम्भिर विचार विमर्श भएको बताइएकाे छ ।
पुँजी कानुनी तवरमा उच्चतम प्रयोग गर्दै सहकारीमार्फत अधिकान्श नेपाली समुदायलाई समेट्दै अघि बढ्न बेल्जियम अत्यन्त उर्बर ठाउँ रहेकोमा छलफलमा जाेड दिइयाे । एनसिआइकाे नाम र अवधारणामा युकेसँग सहकार्य गर्दै एनसिआइ बेल्जियम स्थापनाका लागि यथासक्य चाँडो सबैसँग सल्लाह गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गरियाे ।
सो अबसरमा गोल्डेन एभरेष्ट ग्रुपको परियोजना विस्तार बारे पनि उत्साहजनक रूपमा छलफल भयो । टाेलीमा युकेबाट कमल भण्डारी, एलएन पाण्डे र ललित न्यौपाने सहभागी छन ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते