बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले कवि तथा प्राज्ञ शशी लुमुम्बुलाई मानार्थ सदस्य प्रदान गरेको छ ।
संस्थाकाे हालै फान्बरोस्थित गोर्खा प्यालेसमा बसेको बैठकले लुमुम्बुलाई मानार्थ सदस्य चयन गरेको हो ।
स्थापना कालदेखि संस्थालाई गरेको योगदानको कदर गर्दै लुमुम्बुलाई मानार्थ सदस्यद्वारा सम्मानित गर्ने निर्णय गरिएको महासचिव मिजास तेम्बेले जनाएका छन् । यसैगरी प्रतिष्ठानले नवाैँ अभिव्यक्ति सृंखलाको लागि कवि गीतकार निर्मला परिवेशलाई छनोट गरेको जनाएको छ । यस वर्षको अभिव्यक्ति सृंखला आगामी २६ नोभेम्बर २०१६ को दिन फोक्सटनमा गर्ने निर्णय भएको पनि महासचिव तेम्बेले बताएका छन् ।
भोजपुर जिल्लाको याकु स्थाई घरभएका कवि शशी लुमुम्बु लामो समयदेखि काठमाण्डौमा रहेर साहित्यिक क्षेत्रमा सकृय रहदै आएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञासभा सदस्य रहेका लुमुम्बु आफूमात्र लेख्ने नभई अन्य स्रष्टाहरूको सृजनालाई सम्पादन र प्रकाशनको लागि सहयोगी भूमिका निर्वाह गर्ने गरेका छन् । २०६१ सालमा ‘पहाड बुढो’ कविता कृति प्रकाशित गरेका लुमुम्बुको दोश्रो कृति चाँडै आउने तयारी रहेको बुझिएको छ ।
कवि गीतकार निर्मला राई परिवेश बेलायतमा सक्रिय साहित्यकार हुन् । परिवेशको परिवेश, परिवेशका पाईलाहरू(गीत/कविता संग्रह), रोशनी र रोनासा गीती एल्वम जस्ता कृतिहरू बजारमा आईसकेका छन् । परिवेशका गीतहरू नेपाली चलचित्रमा पनि समावेश हुँदै आएको छ । पछिल्लो समय उनको म्यूजिक भिडियोहरू निकै चर्चामा आउने गरेको छ ।
प्रतिष्ठानले स्थापना कालदेखी अभिव्यक्ति सृंखलामा प्रत्येक वर्ष एकजना स्रस्टालाई मञ्च प्रदान गरेर उनको सृजनाहरू प्रसतुत गर्ने गर्दछ । पहिलो पटक सन् २००८ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरिएको थियो । सन् २००९ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई, सन् २०१० सालमा कवि तथा कथाकार टंक वनेम, सन् २०११ सालमा संगीतज्ञ किसोर गुरूङ, सन् २०१२ सालमा कवि तथा गजलकार अन्जु अञ्जली, सन् २०१३ सालमा गायक नोर्देन तेन्जींङ भूटीया, सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा र सन् २०१५ सालमा कवि तथा कथाकार रक्ष राईलाई अभिव्यक्ति सृंखलामा मञ्च प्रदान गरिएकाे थियाे ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते