बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले कवि तथा प्राज्ञ शशी लुमुम्बुलाई मानार्थ सदस्य प्रदान गरेको छ ।
संस्थाकाे हालै फान्बरोस्थित गोर्खा प्यालेसमा बसेको बैठकले लुमुम्बुलाई मानार्थ सदस्य चयन गरेको हो ।
स्थापना कालदेखि संस्थालाई गरेको योगदानको कदर गर्दै लुमुम्बुलाई मानार्थ सदस्यद्वारा सम्मानित गर्ने निर्णय गरिएको महासचिव मिजास तेम्बेले जनाएका छन् । यसैगरी प्रतिष्ठानले नवाैँ अभिव्यक्ति सृंखलाको लागि कवि गीतकार निर्मला परिवेशलाई छनोट गरेको जनाएको छ । यस वर्षको अभिव्यक्ति सृंखला आगामी २६ नोभेम्बर २०१६ को दिन फोक्सटनमा गर्ने निर्णय भएको पनि महासचिव तेम्बेले बताएका छन् ।
भोजपुर जिल्लाको याकु स्थाई घरभएका कवि शशी लुमुम्बु लामो समयदेखि काठमाण्डौमा रहेर साहित्यिक क्षेत्रमा सकृय रहदै आएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञासभा सदस्य रहेका लुमुम्बु आफूमात्र लेख्ने नभई अन्य स्रष्टाहरूको सृजनालाई सम्पादन र प्रकाशनको लागि सहयोगी भूमिका निर्वाह गर्ने गरेका छन् । २०६१ सालमा ‘पहाड बुढो’ कविता कृति प्रकाशित गरेका लुमुम्बुको दोश्रो कृति चाँडै आउने तयारी रहेको बुझिएको छ ।
कवि गीतकार निर्मला राई परिवेश बेलायतमा सक्रिय साहित्यकार हुन् । परिवेशको परिवेश, परिवेशका पाईलाहरू(गीत/कविता संग्रह), रोशनी र रोनासा गीती एल्वम जस्ता कृतिहरू बजारमा आईसकेका छन् । परिवेशका गीतहरू नेपाली चलचित्रमा पनि समावेश हुँदै आएको छ । पछिल्लो समय उनको म्यूजिक भिडियोहरू निकै चर्चामा आउने गरेको छ ।
प्रतिष्ठानले स्थापना कालदेखी अभिव्यक्ति सृंखलामा प्रत्येक वर्ष एकजना स्रस्टालाई मञ्च प्रदान गरेर उनको सृजनाहरू प्रसतुत गर्ने गर्दछ । पहिलो पटक सन् २००८ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरिएको थियो । सन् २००९ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई, सन् २०१० सालमा कवि तथा कथाकार टंक वनेम, सन् २०११ सालमा संगीतज्ञ किसोर गुरूङ, सन् २०१२ सालमा कवि तथा गजलकार अन्जु अञ्जली, सन् २०१३ सालमा गायक नोर्देन तेन्जींङ भूटीया, सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा र सन् २०१५ सालमा कवि तथा कथाकार रक्ष राईलाई अभिव्यक्ति सृंखलामा मञ्च प्रदान गरिएकाे थियाे ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा