
लन्डन । ताङतिङ समाज यूकेको दशौं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । लण्डनको हेजस्थित बोटवेल सोसल सेन्टरमा गत जुलाई ३० तारिखमा सम्पन्न समारोहको उद्घाटन बेलायतका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरन तथा समाजका अध्यक्ष लक्ष्यबहादुर गुरुङले पानसमा दियो बाली संयुक्त रुपमा गरेका थिए । सो अवसरमा नेपाल तथा बेलायतका राष्ट्रिय गानहरु बजाइएका थिए ।
समाजका उपाध्यक्ष तर्कजङ्ग गुरुङले स्वागत मन्तव्य दिएको सो समारोहमा समाजका निवर्तमान अध्यक्ष केशबहादुर गुरुङले समाजको विगत दश वर्षका उपलब्धिहरुबारे जानकारी गराए । उनले संस्थापक अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङको कार्यकालमा इंगल्याण्डको नर्थ एसेक्सस्थित विम्बिस र डेबडेन गाउँहरुसंग कास्कीको ताङतिङ गाउँसंग मित लगाएको (ट्वीन भिलेज सम्बन्ध स्थापना) र ताङतिङ मितेरी संघ स्थापनामा उनको भूमिकाको स्मरण गरे । मितेरी संघको सकृयतामा ताङतिङ गाउँमा शिशु स्याहार केन्द्रको सन्चालन, वर्षेनी जस्तो निशुल्क स्वास्थ्य शिविर, स्थानीय विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति, शिक्षकहरुलाई बेलायतको शैक्षिक भ्रमण जस्ता कार्यक्रमहरु सन्चालन गरिएको जानकारी उनले दिए । उनले आफ्नो कार्यकालमा ताङतिङ समाज यूकेको संयोजनमा विश्वभरि छरिएका ताङतिङेहरुबाट सहयोग संकलन गरी रु ६० लाख बराबरको ताङतिङ कल्याणकारी कोष स्थापना गर्न सफल भएको र सो कोषको ब्याजबाट ताङतिङमा वर्षेनी हुने चैत्र मेला सन्चालन तथा गरीब असहायलाई गाह्रो साह्रो पर्दा सहयोग पुरयाउँदै आएको बताए ।
समाजका वर्तमान अध्यक्ष लक्ष्यबहादुर गुरुङले विगतका राम्रा कामहरुलाई निरन्तरता दिनुका साथै समाजलाई अरु चुस्त बनाउने काम भइरहेको बताए । उनले आफ्नै प्रमुख प्रयासमा दशौं वार्षिकोत्सव मनाउन ताङतिङस्थित विद्यालयका शिक्षक डिल्लीजङ गुरुङ तथा दूधपोखरी समाजका अध्यक्ष सुबेदार मेजर टोकबहादुर गुरुङलाई यूके ल्याउन सफल भएको र यो एउटा थालनी मात्र भएको बताए ।
शुभकामना मन्तव्य अनि तमु प्ये ल्हु संघ यूके आमा समूहको आकर्षक नृत्यको सम्मिश्रण रहेको सो कार्यक्रममा समाजलाई सघाउने सदस्यहरुलाई खादा तथा पुष्पगुच्छा दिइ बधाइ तथा शुभकामना दिइएको थियो । साथै, ग्रयाजुयट गरेका सदस्यहरु, छात्रछात्राहरु, नयाँ घर किन्नेहरु, हालसालै विवाह गरेकाहरु अनि नयाँ बच्चा पाएकाहरुलाई पनि समाजको तर्फबाट बधाइ तथा शुभकामना दिइएको थियो ।
त्यसैगरी दशौं वार्षिकोत्सवको अवसरमा ताङतिङ गाउँ लगायत नेपालका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेलाई खादा तथा ताम्रपत्र सहित सम्मान गरिएको थियो। जसमा अटल्सफोर्ड काउन्सिल अन्तर्गत विम्बिस र डेबडेन क्षेत्रका डिष्ट्रिक्ट काउन्सिलर श्रीमती टिना नाइट, पहार ट्रष्ट नेपालका अध्यक्ष हावार्ड ग्रीन, अवकाशप्राप्त कर्णेल डीक क्रोम्बी, आइल अफ म्यानका जोन –याली लगायत थिए । त्यसैगरी समाजका संस्थापक अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ एवम् निवर्तमान अध्यक्ष केशबहादुर गुरुङलाई पनि ताम्रपत्र र खादा लगाएर सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरुले ताङतिङ समाज यूकेका गतिविधिहरुको प्रशंसा गर्दै आगामी दिनमा आफूहरुको सहयोग र सद्भावना निरन्तर रहने बताए ।
कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक राजदूत शरदराज आरनले ताङतिङ समाज यूकेका कार्यकलापहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै उपलब्धिमूलक कामहरु गर्न शुभकामना दिए । कार्यक्रममा नेपालबाट आएका सुबेदार मेजर टोकबहादुर गुरुङ तथा डिल्लीजङ गुरुङले पनि मन्तव्य दिएका थिए । सो अवसरमा नेपाल, ताङतिङ अनि ताङतिङ समाज यूकेलाई सहयोग गर्ने सबै सदस्य तथा सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा रोचक चिठ्ठा कार्यक्रम सञ्चालन गरिएको थियो ।
अतिथि तथा सहभागीहरुलाई समाजका वरिष्ठ सदस्य नरबहादुर गुरुङले पाइप बजाएर स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन समाजका सचिव दुर्गा गुरुङले गरेका थिए ।
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप