लन्डन । ६ महिना दाम्लोमा बांधिएर भर्खर उद्दार गरिएकी एक गर्भवती महिलाको उपचारका लागि बेलायतवासी नेपालीले आर्थिक सहयोग
संकलन शुरु गरेका छन् । गैर आवासीय नेपाली संघ बेलायत र यूके नेपाल फ्रेण्डसीप सोसाइटीको संयुक्त पहलमा आर्थिक सहयोग संकलन थालिएको हो ।
मानसिक सन्तुलन गुमाएकी उदयपुर त्रियुगा नगरपालिका–५ स्थित भातिखर्क निवासी २२ वर्षीया सृजना कार्की (खड्का) को हाल जिल्ला अस्पताल गाइघाटमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर रहेको ति महिलाको एउटा खुट्टाको घाउ बिग्रिएर किरा परिसकेको छ ।
बच्चा जन्माउने महिना यही भदौ भएकाले उनलाई जतिसक्दो छिटो स्वस्थोपचार जरुरी रहेको जनाउंदै एनआरएनए यूके उपमहासचिव अर्जुन कटुवालले बेलायतवासी नेपालीलाई एकपटक फेरि मानवीय भावना दर्शाउन अपिल गरेका छन् । उनले सहयोगपछि आफ्नो इमेल [email protected] मा जानकारी दिन पनि आग्रह गरे ।
इच्छुक दाताले निम्न बैंक विवरणमा पैसा सहयोग गर्न सक्नेछन् ।
Bank details:
UKNFS
SC: 40-13-07
ACCT NO : 12501805
UK NEPAL FRIENDSHIP SOCIETY
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा