
लन्डन । २८ अगष्ट आइतबार लन्डनमा हुन लागेको नेपाली मेलामा सहभागी भइदिन लन्डनस्थित नेपाली दूतावासले आव्हान गरेको छ । तमुधिं यूके र नेपाली दूतावासको संयुक्त आयोजनामा केम्पटन पार्क रेस कोर्स, सनबरी अन थेम्स् मा आठौं नेपाली मेला हुन लागेको जानकारी दिंदै दूतावासले सहभागिताका लागि आव्हान गरेको हो । दूतावासले मौलिक भेषभुषामा आएर मेला सफल बनाउन आग्रह पनि गरेको छ ।
तमुधिंले विगत ७ वर्षदेखि मेला गर्दै आएको छ ।
बेलायतस्थित दर्जनौं संघसंस्थाको प्रत्यक्ष सहभागिता रहने उक्त मेलाले मिनी नेपाल अर्थात नेपाली कला, संस्कृति र भेषभुषा झल्काउने गर्छ । मेलामा झांकी र सांस्कृतिक प्रतियोगिता गरिने र ति दुवै विद्यामा भाग लिएर उत्कृष्ट हुने संस्थाले एम्बेसडर कप र नगद पुरस्कार पाउने आयोजकले जनाएका छन् । मेलामा ब्रिगेड अफ ब्याण्ड र नेपाली युवाहरुको सांगीतिक प्रस्तुति, एम्बेसेडर कप, सांस्कृतिक झांकी प्रतियोगिता, ट्होटे पर्व, मनोरन्जनात्मक खेल, नेपाली खाना तथा उत्पादनहरुका स्टल आदि आकर्षणका रुपमा रहनेछन् ।
यसैबीच, तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा मेलाको तयारी बैठक सम्पन्न भएको छ । बैठकमा मेला संयोजक एवं उपाध्यक्ष नन्दजङ्ग गुरुङले मेलाको तयारीबारे अवगत गराएका थिए । मेला सफल बनाउन तमुधिंले आफ्ना सातैवटा इकाइ र सयौं स्वंयसेवक परिचालन गर्ने निर्णय गर्दै संस्थाका पदाधिकारीहरुलाई विभिन्न जिम्मेवारी बांडफांड गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते