लन्डन । शुक्रबारबाट स्कटल्याण्डमा शुरु विश्वकै चर्चित एडिनबरा फेस्टिवलमा पहिलोपटक नेपाली आर्मी ब्याण्डले आफ्नो कला प्रस्तुत गरिरहेको छ । फ्रिंज फेस्टिवलको नामले चिनिने उक्त कला संगीत महाउत्सबमा नेपाली आर्मीको ब्याण्डले पहिलो पटक सहभागिता जनाएको हो । आगामी अगस्ट २९ सम्म चल्ने उक्त फेस्टिवलमा भाग लिन ५० जना सम्मिलित नेपाली सेनाको ब्याण्ड बेलायत आएको छ । केहि दिनको प्रशिक्षण र रिहर्शल पुरा गरिसकेको नेपाली सेनाले महोत्सव अवधिभर आफ्नो प्रस्तुति दिने ब्याण्ड प्रमुख कर्नेल अमुल कार्की ढलीले जानकारी दिए । रोयल मिलिटरी टाटुको सहयोगमा भाग लिन पाउंदा खुशी लागेको बताउंदै अमुलले भने, यो मेरो व्यक्तिगत खुशी मात्र होइन प्रतिनिधि राष्ट्र नेपालको गौरव पनि हो । महोत्सवबारे थप जानकारी दिदै उनले भने, आफ्नो प्रस्तुति हेरिसकेपछि मुल आयोजकले हाम्रो मौलिक बाजा नरसिम्हाबाट नै महोत्सव शुरु गरेकाले हामी झनै उत्साहित छौं ।
नेपालको प्रस्तुति बेलुकी
रोयल मिलिटरी टाटु अन्तर्गत नेपाली सेनाले आफ्ना कार्यक्रम प्रदर्शनको अवसर पाएको हो । आइतबार बाहेक हरेक दिन बेलुकी ०९ः ३० मा नेपाली सेनाको प्रस्तुति रहने छ । करिब ७ मिनेटको यो प्रस्तुतिलाई नेपाली सेनाले आफ्नै मौलिक तरिकाले पस्कने गरेको छ । शो सारंगीको धुनबाट शुरु हुनेछ । लगत्तै रातो र चन्द्र सूर्य भन्ने धुनमा नौमती बाजा बज्नेछ र जय जन्मभूमि भन्ने धुनसंगै बेलायती र नेपाली झन्डा प्रतिकात्मक सगरमाथामा फहराइनेछ । अन्तमा भने बीर गोर्खालीको गाथा स्वरुप यो नेपाली शिर उचाली… भन्ने धुनमा खुकुरी नाच प्रदर्शन गरिनेछ ।
आकर्षक पर्यटकीय गन्तब्य स्कटल्याण्डको सांस्कृतिक महोत्सव हो एडिनबरा फेस्टिवल । स्कटिस राजधानीमा हुने यो महोत्सव बिश्वकै ठूला मध्येको एक हो । सन् १९४७ बाट अनौपचारिक रुपमा शुरु भएको यस महोत्सवमा घरेलु र संसारभरिका लाखौं दर्शकले अवलोकन गर्छन् । महोत्सबमा यस वर्ष २९४ फरक ठाउँमा ३ हजार बढि प्रस्तुति हुने र दुई लाख भन्दा बढि दर्शक प्रत्यक्ष सहभागी हुने अपेक्षा गरिएको छ ।
रोयल मिलिटरी टाटु
एडिनबरा फेस्टिवलको महत्वपूर्ण प्रस्तुति हो रोयल मिलिटरी टाटु । ४८ देशका वाद्यवादकले प्रस्तुति दिने यस उत्सब ५० लाख भन्दा बढी दर्शकले हेर्नेछन् । एडिनबरा क्यासल अगाडीको प्रागंणमा देखाइने मिलिटरी टाटुमा ५ ब्रिटिश मिलिटरी ब्याण्ड, २५० स्कटिस पाइपर र ड्रमरका साथै अन्तर्रास्ट्रिय प्रस्तुतिहरु हुनेछन् साथमा प्रसिद्ध ड्यानी बोयलको टिमको लाइट शो हुनेछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा