लन्डन । शुक्रबारबाट स्कटल्याण्डमा शुरु विश्वकै चर्चित एडिनबरा फेस्टिवलमा पहिलोपटक नेपाली आर्मी ब्याण्डले आफ्नो कला प्रस्तुत गरिरहेको छ । फ्रिंज फेस्टिवलको नामले चिनिने उक्त कला संगीत महाउत्सबमा नेपाली आर्मीको ब्याण्डले पहिलो पटक सहभागिता जनाएको हो । आगामी अगस्ट २९ सम्म चल्ने उक्त फेस्टिवलमा भाग लिन ५० जना सम्मिलित नेपाली सेनाको ब्याण्ड बेलायत आएको छ । केहि दिनको प्रशिक्षण र रिहर्शल पुरा गरिसकेको नेपाली सेनाले महोत्सव अवधिभर आफ्नो प्रस्तुति दिने ब्याण्ड प्रमुख कर्नेल अमुल कार्की ढलीले जानकारी दिए । रोयल मिलिटरी टाटुको सहयोगमा भाग लिन पाउंदा खुशी लागेको बताउंदै अमुलले भने, यो मेरो व्यक्तिगत खुशी मात्र होइन प्रतिनिधि राष्ट्र नेपालको गौरव पनि हो । महोत्सवबारे थप जानकारी दिदै उनले भने, आफ्नो प्रस्तुति हेरिसकेपछि मुल आयोजकले हाम्रो मौलिक बाजा नरसिम्हाबाट नै महोत्सव शुरु गरेकाले हामी झनै उत्साहित छौं ।
नेपालको प्रस्तुति बेलुकी
रोयल मिलिटरी टाटु अन्तर्गत नेपाली सेनाले आफ्ना कार्यक्रम प्रदर्शनको अवसर पाएको हो । आइतबार बाहेक हरेक दिन बेलुकी ०९ः ३० मा नेपाली सेनाको प्रस्तुति रहने छ । करिब ७ मिनेटको यो प्रस्तुतिलाई नेपाली सेनाले आफ्नै मौलिक तरिकाले पस्कने गरेको छ । शो सारंगीको धुनबाट शुरु हुनेछ । लगत्तै रातो र चन्द्र सूर्य भन्ने धुनमा नौमती बाजा बज्नेछ र जय जन्मभूमि भन्ने धुनसंगै बेलायती र नेपाली झन्डा प्रतिकात्मक सगरमाथामा फहराइनेछ । अन्तमा भने बीर गोर्खालीको गाथा स्वरुप यो नेपाली शिर उचाली… भन्ने धुनमा खुकुरी नाच प्रदर्शन गरिनेछ ।
आकर्षक पर्यटकीय गन्तब्य स्कटल्याण्डको सांस्कृतिक महोत्सव हो एडिनबरा फेस्टिवल । स्कटिस राजधानीमा हुने यो महोत्सव बिश्वकै ठूला मध्येको एक हो । सन् १९४७ बाट अनौपचारिक रुपमा शुरु भएको यस महोत्सवमा घरेलु र संसारभरिका लाखौं दर्शकले अवलोकन गर्छन् । महोत्सबमा यस वर्ष २९४ फरक ठाउँमा ३ हजार बढि प्रस्तुति हुने र दुई लाख भन्दा बढि दर्शक प्रत्यक्ष सहभागी हुने अपेक्षा गरिएको छ ।
रोयल मिलिटरी टाटु
एडिनबरा फेस्टिवलको महत्वपूर्ण प्रस्तुति हो रोयल मिलिटरी टाटु । ४८ देशका वाद्यवादकले प्रस्तुति दिने यस उत्सब ५० लाख भन्दा बढी दर्शकले हेर्नेछन् । एडिनबरा क्यासल अगाडीको प्रागंणमा देखाइने मिलिटरी टाटुमा ५ ब्रिटिश मिलिटरी ब्याण्ड, २५० स्कटिस पाइपर र ड्रमरका साथै अन्तर्रास्ट्रिय प्रस्तुतिहरु हुनेछन् साथमा प्रसिद्ध ड्यानी बोयलको टिमको लाइट शो हुनेछ ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित