
बेक्स्लीमा तीज कार्यक्रम
लन्डन । बेक्स्ली नेपाली समाजले गत ७ अगष्ट २०१६ आइतबार तीज कार्यक्रम गरेको छ । समाजकी महिला संयोजक श्रीमती उमा गुरुङको संयोजकत्वमा कार्यक्रम गरिएको हो । कार्यक्रम उद्घाटन समाजका अध्यक्ष केश बहादुर गुरुङ र कार्यक्रम संयोजक श्रीमती उमा गुरुङले गरेका थिए ।
सो कार्यक्रम सफल बनाउन महासचिब आनन्द धरेल र उपाध्यक्ष शिवराम गुरुङले योगदान गरेका थिए । कार्यक्रममा नृत्य र तीज भेषभुषा प्रतिष्पर्धा गराइएको थियो जसमा नृत्यतर्फ श्रीमती सुस्मा ढुंगाना प्रथम, एलिना श्रेष्ठ द्धितिय, राधा पटेल तृतीय र सान्त्वना पुरस्कार श्रीमती विष्णु माया पुनले प्राप्त गरे । विजेतालाई केशबहादुर गुरुङ, आनन्द धरेल, चन्द्र गुरुङ र श्रीमती उमा गुरुङले पुरस्कार प्रदान गरेका थिए । भेषभुषामा श्रीमती पुनम गुरुङ विजयी भइन् ।
यस कार्यक्रममा दाजुभाईहरुले नगद तथा पेय पदार्थ स्पोन्सर गरेका थिए । डिजे किरणकुमार सुब्बाले दिदी बहिनीहरुलाई विभिन्न तीजका गीतबाट भरपुर मनोरन्जन प्रदान गराएका थिए । यस कार्यक्रममा एनआरएनए यूके सल्लाहकार तथा यस संस्थाका सल्लाहकार विजय गुरुङ, तमुधिंका दक्षिण पूर्वी क्षेत्रीय अध्यक्ष तथा समाजका अग्रज श्रीचन्द्र गुरुङ पनि सहभागी थिए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई